विराटनगरका उद्योगीद्वारा बाढी पीडितहरुका लागि राहत सामग्री हस्तान्तरण

खबर पूर्वाञ्चल, १६ असार २०७९, बिहीबार २०:१९
198
Shares
विराटनगर / हालै आएको अविरल वर्षाका कारण मोरङ जिल्लाका विभिन्न स्थानमा प्रभावित हुन पुगेका सर्वसाधारण एवं बाढी पीडितहरुका लागि मोरङ व्यपार संघ र उद्योग संगठन मोरङद्वारा राहत सामग्री हस्तान्तरण गरेको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङमार्फत वितरण हुने गरि आज संघका अध्यक्ष नविन रिजाल, पूर्व अध्यक्ष प्रकाश मुन्दडा, महेश जाजु र उद्योग संगठन मोरङका उपाध्यक्ष नन्दकिशोर राठीले राहत सामाग्री हस्तान्तरण गरेका हुन् ।

चाउचाउ ३५ कार्टुन, विस्कुट ११ कार्टुन, भुजा १ सय बोरा, चिउरा २० बोरा र पानी ३५ कार्टुन उपलब्ध गराईएको संघका अध्यक्ष रिजालले बताए । हस्तान्तरण गरिएको राहत सामाग्री मोरङका सहायक प्रमुख जिल्ला अधिकारी महेशराज तिम्सिनाले बुझेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५