AArya
animated ellipse animated ellipse

भव्य भयो मेरिल्याण्डमा कक्षा १२ का विद्यार्थीलाई विदाई

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२६ बैशाख २०८१, बुधबार १७:१७
108
Shares
विराटनगर । गुणस्तरीय शिक्षामा अब्बल सावित भएको विराटनगर – ७ स्थीत मेरिल्याण्ड कलेजले कक्षा १२ का विद्यार्थी विदाई गरेको छ ।

कलेज परिसरमा आज एक भव्य कार्यक्रम आयोजना गरी कक्षा १२ का ७५३ जना विद्यार्थीहरुलाई विदाई गरेको हो ।

व्यवस्थापन संकायमा मात्रै पठाइ हुने मेरील्याण्डका २२ औं ब्याजका विद्यार्थीहरुलाई विदाई गरेको कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले जानकारी दिए । विद्यार्थीहरुलाइ मायाको चिनो र अविर माला लगाएर कलेजका अध्यक्ष गुणराज ढुंङगेल, हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, कलेजका उपाध्यक्ष प्राडा पिके झा, निर्देशकहरू डा. मनोज गुप्ता, नन्दकिशोर अग्रवाल, प्रदिप भगत र कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले विदाई गरे ।

विदाई कार्यक्रममा विद्यार्थीहरूलाई विभिन्न माइन्ड गेम र अन्य रचनात्मक तथा मनोरञ्जन कार्यक्रम आयोजना गरिएको । उक्त कार्यक्रममा विद्यार्थीहरुले गीत, नृत्य प्रस्तुत गरी दिनभरी रमाईलो गरे ।

विदाई कार्यक्रममा सिराहा घर भइ मेरील्याण्ड पढेका विद्यार्थी नविन मण्डलले मेरील्याण्ड कलेज पढेर गुणस्तरीय शिक्षा मात्रै नपाएर अन्य अतिरिक्त क्रियाकलापहरु पनि सिक्ने अवसर पाएको बताए । ‘मेरील्याण्ड पढेपछि अब जुनसकुै ठाउँमा गएर पनि सजिल्लोसँग प्रतिस्पर्धा गर्न सक्नेछु,’ उनले भने, ‘यसको श्रेय मेरील्याण्ड कलेजलाई जानेछ ।’

त्यसैगरी अर्का छात्रा गाइघाट घर भएकी प्रनिषा राउतले आफु टाढाबाट आए पनि कलेज व्यवस्थापनबाट घरायसी वातावरणमा अध्ययापन गर्न पाएको बताइन् । कार्यक्रममा विद्यार्थी प्रवेशिका अधिकारी र राधिमा पौडेलले पनि गुणस्तरीय र व्यवहारिक शिक्षा मेरील्याण्डले दिने भएकाले नयाँ एसईई दिएर पाउने विद्यार्थीहरुलाई मेरील्याण्ड छनौट गर्न सुझाब दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर