पूर्वाञ्चल खबर
विद्यार्थीहरूलाई विभिन्न समूहमा विभाजित गर्दै विज्ञानका विभिन्न सामग्रीहरू जस्तै मोइस्चर डिटेक्टर मोइस्चर डिटेक्टर,रोबोटिक कार, फायर एक्सटिङसर , सो सञ्चालित ट्राफिक लाइट, सूर्य र चन्द्र ग्रहण , स्मार्ट सिटी , सेक्युरिटी हाउस, वाटर फिल्टर, स्वास्थ्यतर्फ मानव शरीरको बनोट ,पाचन प्रणाली , मानव मुटु जस्ता विभिन्न सामग्री बनाएका थिए। हस्तकलातर्फ स्मार्ट सिटी ,घरहरू, फूल र विभिन्न घरायसी सजावटका सामग्री बनाएका थिए। त्यस्तै हस्तकला पनि उक्त अवसरमा प्रदर्शनी गरिएको थियो।
विद्यालयले पढाइसँगै विभिन्न प्रकारका विद्यार्थीहरुको सीप र क्षमता अनुसार विद्यार्थीहरूको सार्भङ्गिक विकास गर्ने हेतुले यस प्रकारका कार्यक्रम गर्दै आएको विद्यालयका प्रिन्सिपल प्रेमलाल सिंश सवालले बताए।