animated ellipse animated ellipse

खेलकुद समिति मोरङको अध्यक्षमा इन्द्रकुमार योञ्जनको पुनर्बहाली, कार्वाही नै नगरेको ब्यक्ती पुनर्बहाली : पर्शुराम बस्नेत

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२२ भाद्र २०८१, शनिबार १४:५४
279
Shares
विराटनगर / जिल्ला खेलकुद विकास समिति मोरङको अध्यक्षमा इन्द्रकुमार योन्जन तामाङ्गको पुनर्बहाली भएको छ ।
उच्च अदालत विराटनगरले तामाङलाई भदौ २० गते खेलकुद विकास समिति मोरङको अध्यक्षमा पुनर्बहाली गरिदिएको हो ।
प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिव हशंराज वाग्ले भएको बेला २०८० चैत २३ गते तामाङलाई खेलकुद विकास समितिको अध्यक्षमा नियुक्ति गरेको थियो । उच्च अदालतले सदस्य सचिवमा एमालेका नेता पर्शुराम बस्नेतलाई पुनर्बहाली गरेको चार महिनापछि भदौ ६ गते तामाङलाई जिल्ला खेलकुद विकास समितिको अध्यक्षबाट निलम्बन गरेका थिए । त्यसपछि तामाङ उच्च अदालतमा प्रदेश खेलकुद विकास बोर्डलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गरेका थिए । भदौ २ं० गते उच्च अदालतका न्यायाधीश विपुल न्यौपाने र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजालशले तामाङलाई जिल्ला खेलकुद विकास समितिको अध्यक्षमो पुनर्बहाली गर्ने आदेश दिएको हो ।

लामो समयदेखि कराँतेमा सक्रिय रहेका तामाङ सितोरियो कराँतेका राष्ट्रिय कोच तथा थर्ड डन रहेका थिए ।

यता कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत ( पर्शुराम ) ले भने योञ्जनको नियुक्तिनै वैधानिक तवरले नभएको बताउँदै वैधानिक नियुक्ति नभएको व्यक्तिलाई स्पष्टीकरण सोध्ने कुरै नउठ्ने बताए ।

योञ्जनलाई तत्कालिन सदस्य सचिव हंशराज वाग्लेले बोर्ड बैठकबाट बोर्ड ऐन अनुसार नियुक्ति गर्नु भएको होइन बस्नेतले भने योञ्जनलाई बोर्ड बैठकबाट नभएर सदस्य सचिवले आफ्नो लेटरप्याडमा मनपरि किसिमले नियुक्ति गरेको विषयमा अख्तियारमा समेत उजुरी परेकोले , उजरीको टुंगो नलागे सम्मका कुनै पनि कामकाज नगर्नु , महत्व निर्णय नगर्नु भनेर निलम्बन मात्र गरेको हुँ ।

बस्नेतले अदालतले हाल योञ्जनको हकमा फैसला गरेको जस्तो देखिए पनि अदालतले अवैधानिक तवरले नियुक्त भएका योञ्जनको विपक्षमा फैसला गर्ने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर