AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

एमाले मोरङ कार्यालयमा पूर्वराष्ट्रपति विद्याको भेटघाट, कार्यक्रममा नजान ओली पक्षको उर्दी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ भाद्र २०८२, मंगलवार ११:४५
567
Shares
विराटनगर/ पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज नेकपा (एमाले) मोरङको पार्टी कार्यालयमा कार्यकर्तासँग भेटघाट गर्दैछिन्।

तर, अध्यक्ष केपी शर्मा ओली नेतृत्वको पक्षले भने पार्टीले औपचारिक कार्यक्रम नराखेको भन्दै कार्यकर्तालाई सहभागी नहुन उर्दी जारी गरेको छ। एमाले विराटनगर महानगर इन्चार्ज पर्शुराम बस्नेतले सामाजिक सञ्जालमार्फत पार्टीले कुनै कार्यक्रम नराखेको र भ्रममा नपर्न आग्रह गरेका छन्।

भण्डारी हिजो विराटनगर आएकी हुन्। आज दिउँसो १२ बजे पछि उनी पाञ्चालीस्थित पार्टी कार्यालय पुग्ने कार्यक्रम छ। मोरङ र विराटनगर महानगर कमिटीमा भण्डारी निकट समूहको बाहुल्य रहेको छ।

भण्डारी पक्षका नेताहरूका अनुसार एमाले प्रदेश अध्यक्ष घनश्याम खतिवडालगायतका केन्दीय नेताहरुले कार्यकर्तालाई फोन गरेर कार्यक्रममा नजान दबाब दिइरहेका छन्।  पार्टीको अग्रज नेता पार्टी कार्यालय आउँदा नजानु भनेर दबाब दिने कर्म त्रस्त मानसिकताको उपज मात्रै हो,” एक नेताले बताए।

उनका अनुसार कार्यकर्ताको भव्य उपस्थिति रहनेछ। भण्डारी आजै दिउँसो १ बजे काठमाडौं फर्किने कार्यक्रम छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर