AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

मेरील्याण्ड करियर एकेडेमी विराटनगरकी छात्रा सालु सिएको नतिजामा बोर्ड प्रथम

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ फाल्गुन २०७९, बुधबार १८:५१
4.01k
Shares
विराटनगर / विगत एक दशकदेखि विराटनगरमा चार्टर्ड एकाउन्टेन्सी सञ्चालन गर्दै आएको प्रदेश १ को पहिलो र एकमात्र संस्था मेरील्याण्ड करियर एकेडेमीमा अध्ययनरत छात्रा सालु अग्रवाल हालै प्रकाशित नतिजामा देशैभरीबाट सिए उपाधी प्राप्त गर्ने मध्ये बोड प्रथम भइ सिए उपाधी हासिल गर्न सफल भएकी छिन् ।

मोफसलमा रहेर पनि देशैभरका विद्यार्थीहरुको चार्टर्ड एकाउन्टेन्सी सिए शिक्षामा पहिलो रोजाईको रुपमा रहेको मेरील्याण्ड करिएर एकेडेमीले संस्थाको विगतको अग्रतालाई कायम राख्दै डिसेम्वर २०२२ मा सञ्चालित सिए कोर्षको परिक्षाको नतिजामा अग्रवालले पुन गोल्ड मेडल चुम्न सफल भएकी हुन ।

विगतको परिक्षाफललाई हेर्दा उक्त एकेडेमीमा अध्ययन गर्ने विद्यार्थीहरु सिए यूवराज उप्रेती क्याप टु र क्याप थ्रि तहमा बोर्ड दोश्रो, प्रनशा श्रेष्ठ क्याप टु तहमा बोर्ड प्रथम, अंकित राय क्याप वान तहमा बोर्ड दोश्रो यसैगरी अन्य धेरै विद्यार्थीहरु आइक्यान बोर्ड को नतिजामा टप टेन पटक पटक भित्र पर्न सफल भएका छन् ।

संस्थाका कार्यक्रम निर्देशक सिए किन्जल पोखरेलका अनुसार यसपटकको परीक्षामा तीनै तहमा कुल ४६ जनाले सिएको विभिन्न तहको परीक्षा उतिर्ण गरेको जनाइएको छ । एकेडेमीका अध्यक्ष डा. मोहनकुमार सुवेदीका अनुसार मेरील्याण्ड करिएर एकेडेमीलाई देशकै एउटा नमुना सिए एकेडेमीको रुपमा सञ्चालन गर्दै दक्ष चार्टर्ड एकाउण्टेन्टहरु उत्पादन गरी राज्यलाई टेवा पुर्याउँदै जाने जानकारी गराईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर