मापदण्ड विपरितका क्वारेन्टाईन बन्द गर्न सामाजिक विकास मन्त्री घिमिरेको निर्देशन

खबर पूर्वाञ्चल, ३ असार २०७७, बुधबार २१:३६

झापा /प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले आज झापाका विभिन्न विद्यालयमा निर्माण गरिएका क्वारेन्टाईनको अनुगमन गरेका छन् ।

कोरोना प्रभावित क्षेत्र कचनकवल र भद्रपुरमा निर्माण गरिएका क्वारेन्टाईनको अनुगमन गर्दै मन्त्री घिमिरेले मापदण्ड विपरितका क्वारेन्टाईन तत्काल बन्द गर्न निर्देशन दिएका हुन् । उनले भने ‘बस्तुगत अवस्थाको अवलोकन गरि मापदण्ड विपरितकालाई बन्द गर्न स्थानीय तहका प्रमुखलाई भनिएको छ ।’ स्थानीयस्तरमा निर्माण गरिएका केही क्वारेन्टाईन अस्तव्यस्त देखिएकाले अनुगमन गर्दै बन्द गर्न निर्देशन दिने गरिएको मन्त्री घिमिरेले बताए ।

अनुगमनका क्रममा कतिपय क्वारेन्टाइन अव्यवस्थित पाईएकाले तत्काल बन्द गर्न भनिएको मन्त्रि घिमिरेले बताए । उनले कचनकवलका बढी संक्रमित देखिएका क्वारेन्टाईनहरुको अनुगमन गरे । अनुगमनका क्रममा होल्डिङ एरियामा रहेकाहरुलाई क्वारेन्टाईनको अनुशासन पालना गर्न आग्रह समेत गरे ।

मन्त्री घिमिरे, प्रदेश सांसद बसन्त बानियाँ, ओमप्रकाश सरावगी, प्रमुख जिल्ला अधिकारी उदयबादुर राना, प्रहरी प्रमुख कृष्णप्रसाद कोइरालालगायतले कचनकवलको वडा नं. ६ मा रहेको लक्ष्मी मावि क्वारेन्टाईन, वडा नं. ४ को महेन्द्र रत्न मावि क्वारेन्टाईन र वडा नं. ३ को पथरीया मावि क्वारेन्टाईन, भद्रपुर नगरपालिका वडा नं. २ को हिमाली मावि क्वारेन्टाईनलगायतको अनुगमन गरे ।

मन्त्री घिमिरेले मेची नगरनगरपालिको काकडभिट्टा मावि होल्डिङ एरिया, धाईजन स्वास्थ्य चौकी र कनकाई नगरपालिका अवस्थाबारे नगर प्रमुख राजेन्द्र पोखरेलसँग जानकारी लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KVM

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५