खबर पूर्वाञ्चल
गायक लुईटेलको स्वर, शब्द तथा संगीतमा रहेको सो भजनमा जोनी तामाङको एरेन्ज रहेको छ । सुमन तामाङको छायांकन रहेको भजनको भिडियोमा गायक बोकेदाह्रीका साथै, ज्याक, खेमराज भट्टराइ, कृष्ण सुवेदी लगायतको अभिनय रहेको छ । भिडियो हेमन्त तामाङले सम्पादन गरेका हुन् ।
ए बा किन्देउ न भट्भटे, बाँके बर्दिया, डाँडाघरे काका मरे, सुनको सिक्री लगायतका दर्जनौँ कमेडी गीत मार्फत लोकप्रीय बनेका लुइटेलको “पाथीभरा माताकी जय जय जय ” भजन भर्खरै सार्वजनिक भएको हो ।
पाथीभरा माताको भजन भएकोले अन्य गीतको तुलनामा फरक तथा आध्यात्मिक संदेश बोकेको गायक लुइँटेलले जानकारी दिए । उनले “पाथीभरा माताकी जय जय जय ” बोलको भजन ताप्लेजुङको पाथिभरा मन्दिर क्षेत्रमा पुगेर छायांकन गरिएको उल्लेख गरे।