खबर पूर्वाञ्चल
मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा अपाङगता रोकथाम तथा पुनः स्थापना कार्यक्रम अन्र्तगत उनीहरुलाई ह्विल चियर बितरण गरिएको हो ।
यसरी अपाङ्गता भएका व्यक्तिहरुलाई करुणा फाउण्डेसन नेपाल, ह्विलचियर फाउन्डेसन, बाल अपाङग टेवा संस्था, राष्ट्रिय अपाङग महासंघ नेपालको सहयोगमा अपाङगता रोकथाम तथा पुनः स्थापना कार्यक्रम अन्र्तगत उनीहरुलाई ह्विल चियर बितरण गरिएको करुणा फाउन्डेसन नेपालकी मीना खनालले बताइन् ।
मोरङको रतुवामाई नगरपालिका – ६ कादुपाड घर भएकी २७ वर्षीय धनमाया कार्कीले ह्विल चियर बितरण गर्ने संस्थालाई धन्यवाद दिइन् । ह्विल चियर पाएपछि हिडडुल गर्न सहज हुने उनले बताइन् ।
‘अब त आफै पनि एक ठाउँबाट अर्को ठाउँसम्म ह्विल चियरको साहारामा हिडडुल गर्न सक्नेछु,’ उनले भनिन्, ‘यसअघि ह्विल चियर नहुदा अरुको साहारा चाहिने गरेको थियो । अब आफै हिड्न सक्छु ।’ उनले अपांङ्गता भएका व्यक्तिका लागि प्रभावकारी आयआर्जन गर्न सिप विकासका तालिमको व्यवस्था गनुपर्ने बताइन् । सरकारले आत्मनिर्भर बन्ने सिपमुलक तालिम दिए जिवन जिउने साहारा हुने बताइन् ।
आफुले सिकेका कुरा अरुलाई सिकाउन पाए पनि झनै राम्रो हुने उनले बताइन् । जन्मजात शारिर रुपमा अपाङगता रहेकी धनमायाले सरकारले सिप सिकेका अपांङ्गता भएका व्यक्तिहरुलाई समाजले पत्याउने व्यवस्था गरिदिनुपर्ने बताइन् ।
यस्तै रंगेलीका ४० वर्षीय सुमन मगरले ह्विल चियर पाएपछि धेरै सहज भएको बताए । ‘बोकेर हिड्नुपर्ने अवस्था थियो, अब ह्विल चियरमा राखेर यताउता घुमाउदाँ सहज हुनेछ,’ उनले भने, ‘एक ठाउँबाट अर्को ठाउँसम्म जानसक्ने भएका छौं ।’