खबर पूर्वाञ्चल
रंगेली नगरपालिका वार्ड न. ७ मा रहेको सो मन्दिरमा प्रदेश १ सरकारले विजया दशमीको फुलपातीको अवसरमा प्रदेश स्तरिय वडाई गर्ने निर्णय गरेपछि यसवर्ष पनि फुलपाती वडाईका लागी मन्दिर व्यवस्थापन समितिले तयारी गरेको हो ।
विगत तीन वर्षदेखि सो मन्दिरमा प्रदेश १ सरकाका मुख्यमन्त्रीको प्रमुख आतिथ्यमा मन्त्री तथा प्रदेश १ वासीको सहभागिता प्रदेश स्तरिय वडाई हुुदै आएको छ । फुलपाती वडाईका लागी मन्दिर व्यवस्थापन समितिले तयारी तिव्र वनाएको मन्दिर व्यवस्थापन समितीका अध्यक्ष संन्जीव श्रेष्ठले वताए ।
फुलपाती वडाईका लागी मन्दिर सजावट, सरसफाई , स्वागतद्धारको निमार्ण मञ्च, समेनाको व्यवस्थापन तथा विभिन्न समिती उप–समिती गठन गर्ने काम तिव्रगतीमा भइरहेको उनले वताए ।
प्रदेश १ कै मुख्य शक्तिपीठको रुपमा रहेको सो मन्दीर दर्शनकालागी नेपालमात्र हैन भारतवाट समेत भत्त,mजनको ठुलो सहभागिता रहने गरेको छ ।
फुलपातीमा करिव पाँच हजार भन्दा वढी भक्तजन सहभागी हुने गरेकाले त्यहि अनुसार तयारी गरिएको व्यवस्थापन समितीका अध्यक्ष श्रेष्ठको भनाई छ ।
प्रदेश १ को राजधानी विराटनगर देखि २२ किलोमिटर पूर्व चिसांग खोलाको किनारमा रहेको मन्दिरमा घटस्थापनादेखि विजया दशमीको टिकासम्म भव्य पुजापाठ तथा भजन कृतनको समेत आयोजना हुने गरेको छ ।
१० दिन सम्म मन्दिर भित्र दुई दर्जन व्राहम्णहरुले २४ घन्टा पुजा पाठ गर्ने गरेका छन ।
झण्डै एक सय वर्ष पुरानो सो मन्दिरलाई मन्दिर व्यवस्थापन समितिले व्यवस्थीत वनाएपछी विगत १२ वर्षदेखि मन्दीरमा प्रत्येक दिन वोका वली चढाउन र पुजा गर्न ठुलो संख्यामा भक्तजन आउने गरेका छन ।
भाकल गर्दा मनोकामना पुरा हुने मन्दिरमा शनिवारका दिन भक्तजनहरुले २ सयभन्दा वढि वोका वली चढाउने गरेको मन्दिर व्यवस्थापन समितिका सह–सचिव इश्वर पोखरेलले वताए । भाकल गर्दा कतिपय भक्तजनहरुले वोका चढाउने तथा कतिपयले मन्दिरमा आएर परेवा उडाउने गर्दछन ।
मन्दिरमा दर्शन गर्द सवै मनोकामना पुरा हुने भएकाले विगतका वर्षमा जस्तै यस वर्ष पनि फुलपाती वडाई कार्यक्रममा सहभागी हुन सह–सचिव पोखरेलले सवैलाई आग्रह समेत गए ।
फुलपातीका दिन विहान ८ वजे मन्दिर परिसरवाट नेपाली सेना नेपाल प्रहरी सशत्र प्रहरीको टोली तथा विभिन्न जाती समुदायका नृत्य झाँकीसहित भक्तजनको सहभागीतामा डोलीमा राखेर फुलपाती निकाल्ने चलन छ ।
मन्दिर प्रती भक्तजनका आस्था एंव विश्वास वढे संगै प्रदेश सरकार र रंगेली नगरपालिकाले प्रत्येक वर्ष मन्दिर व्यवस्थापन तथा पूर्वाधारका लागी वजेट छुटयाउने गरेका छन । प्रदेश सरकारले १० करोडको लागतमा मन्दीर परिसरमा अहिले पूर्वाधार निमार्णको काम गरिरहेको श्रेष्ठको भनाई छ ।
उनका अनुसार फुलपाती वडाईलाई मध्यनजर गर्दै आधा दर्जन स्वागतद्धार निमार्ण गर्ने काम भइरहेको छ । झिलिमीली वत्ती तथा ध्वजा पताखाले मन्दिर सिगारिदै छ ।
फुलपातीको तयारीका लागी स्वतस्र्फुत रुपमा स्थानिय जुटेका छन । मन्दीरमा शारिरिक रुपमा सहयोग गर्दा माताले आशिवार्द दिने विश्वास रहेकाले पनि सवैको सहभागीत हुने गरेको स्थानियको विश्वास छ ।
त्यस्तै प्रदेश स्तरिय वडाई कार्यक्रममा राई , लिम्वु, मगर , सन्थाल उराँव तथा झागड समुदायले गर्ने लोक नृत्यले सवै लाई आकार्षण वनाउने गरेको छ । मन्दिरवाट निकालिएको फुलपाती विभिन्न ठाँउमा विश्रामका लागी व्यवस्था मिलाएको छ ।
मन्दिर प्रती भक्तजनको आकर्षण वढेपछि सिमावर्ती भारतावाट आएका एकजना महिला भक्तजनले केहि वर्ष अघि १० दिनसम्म मन्दिर परिसरमा सुतेर शरिरमा जमरा राखेर जमरा उमारेको व्यवस्थापन समितिको भनाई छ ।
प्रदेश सरकारले प्रदेश स्तरिय वडाई गर्ने निर्णय गरेपछि मन्दिरका महत्व अझै वढेर गएरको श्रेष्ठको भनाई छ । फुलपाती अर्थात सप्तमीका दिन विहानदेखि विराटनगर, इटहरी, धरान तथा झापा मोरङ, सुनसरीवाट भक्तजन फुलपाती वडाई कार्यक्रममा सहभागी हुन मन्दिर पुग्ने गरेका छन ।