प्रदेश १ को वजेट पुरानो जिविस टाइपको भयो – मन्त्री आङ्बुहाङ

खबर पूर्वाञ्चल, ९ असार २०७८, बुधबार १७:३७

विराटनगर / प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङले प्रदेश सरकारको बजेटलाई पुरानो जिविसको जस्तो बजेट भनेका छन् ।

प्रदेशसभाको आजको बैठकबाट प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक विधेयक २०७८ मा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा मन्त्री आङ्बुहाङले बजेट पुरानो जिविसको जस्तो बजेट भनेका हुन् । उनले असार १ गते ३२ अर्ब ४६ करोड ९२ लाख बजेट प्रस्तुत गरेका थिए ।

‘हामी स्वतन्त्र ढङ्गले बढ्नु पर्ने आवश्यकता छ,’ उनले भने, ‘तर पनि फेरि अहिले बाध्य भएर सङ्घको अनुदानमा, मैले त भनिपनि सकेको छु, प्रतिकात्मक भाषामा भन्दाखेरि पुरानो जिविस टाइपको, सङ्घले दिएको अनुदान चालु र पुँजीमा बाँडेर अगाडि बढ्ने जस्तो भइरहेको छौँ ।’

केन्द्रको अनुदानमा मात्रै टिकेर नहुने बताउँदै उनले बजेट सबै माननीय सदस्यहरूको चिन्ताको विषय भएको उनले बताए । उनले करको दायरलाई बढाउनु पर्ने बताए । दायरा बढाउनका लागि प्रदेश सरकारले कार्यदल गठन गर्ने तयारी गरेको बताए ।

आजको बैठकमा पेश गरिएको आर्थिक विधेयकमा एक जनामात्रै प्रदेशसभा सदस्यले बोलेका थिए । जसपा संसदीय दलका नेता जयराम यादवले उठाएका प्रश्नको जवाफ दिएपछि विधेयक पारित भएको थियो ।

विधेयकमाथि टिप्पणी गर्ने क्रममा यादवले प्रदेश सरकारले ल्याएको बजेट सङ्घीय सरकारको अनुदानमा केन्द्रित भएको र प्रदेश केन्द्रको निगाहबाट चलिरहेको बताउँदै आत्मनिर्भर बन्ने काम गर्नुपर्ने बताएका थिए ।

जवाफ दिने क्रममा मन्त्री आङ्बुहाङले बजेट अनुदानमा आधारित रहेको स्वीकार गर्दै पुरानो जिल्ला विकास समितिको जस्तो भएको बताएका थिए ।

प्रदेशसभा बैठकको सुन्य समयमा बोल्दै सांसद राधा थापाले सरकारले कोभिडबाट प्रभावित विपन्न समुदाय र बाढी पहिरोबाट प्रभावित जनतालाई गाँस, बास र कपासको उचित प्रवन्ध गर्न माग गरिन् । उनले विपक्षी सांसदहरुले प्राथमिकताका साथ सिफारिस गरेका योजनाहरु विगत केही वर्षदेखि सरकारले उपेक्षा गरेको भन्दै आक्रोशसमेत व्यक्त गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

MADHAV RAJ WAGLE
PABSON daisain

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५