खबर पूर्वाञ्चल
आफ्नो दैनिकको खाजा खर्चबाट जोगाएर केही खाद्यान्न सामाग्री र केही नगद बाल आश्रमलाई हस्तान्तरण गरेका छन् । भोलीको समतामूलक समाज निर्माणका लागि अहिलेका बिद्यार्थीको भुमिका राम्रो होस र मानव सेवामा लागि रहोस भन्ने भावनाले उक्त भ्रमण गराएको कलेजका प्रिन्सिपल राजेश कार्कीले बताए ।
भ्रमणमा अरनिकोका प्रिन्सिपल कार्की सहित सञ्चालक भरतराज दाहाल, व्यवस्थापन संकाय प्रमुख योगेश राजभण्डारी विषयगत शिक्षकहरु उपस्थिती थियो ।
आश्रमको विविध गतिविधिको बारेमा विद्यार्थीहरुलाई जानकारी दिदै आश्रमकी सञ्चालिका सीता पोखरेलले मुठ्ठीदानबाट सुरु गरेको आश्रमले ४० बर्ष पूरा गरेको बताइन् । सम्पुर्ण विद्यार्थीहरुको सेवा मन अझै बढी रहोस भन्दै पोखरेलले शुभकामना दिइन् ।