विराटनगरको युवा नेता दिलसाद आलमद्वारा एकलाख माक्स वितरण

खबर पूर्वाञ्चल, ४ भाद्र २०७९, शनिबार १८:१८
1.32k
Shares
विराटनगर / कोरोना महामारीका कारण दुई वर्ष रोकिएको विराटनगरको ऐतिहासिक मानिने राधाकृष्ण रथयात्रा सहभागि भक्तजन विराटनगरका युवा नेता तथा समाजसेवी दिलसाद आलमले एकलाख माक्स वितरण गरेका छन् ।

कोरोना संक्रमणलाई मध्यनजर गर्दै आलमले तीनदिन एकलाख मक्स वितरण गर्ने घोषणा गरेका थिए ।

विराटनगरमा एकै पटक हजारौं नागरिक श्रद्धा अर्पण गर्न सडकमा निस्केका कारण मैले माक्स गरेको आलमले बताए । मैलै समान्य खालको होइन राम्रै माक्स वितरण गरेका छु ।

आलमले माक्स वितरण गरेर रथयात्रामा सहभागी हुन आउने श्रद्धालुलाई कोरोना संक्रमणको जोखिमबाट सुरक्षित रहनुपर्ने सन्देश दिन खोजेको बताए । उनले काठमाण्डौंबाट माक्स मगाएर वितरण गर्ने जानकारी दिए । उनले हिन्दुहरुको आस्थाको दिन अन्तर–धार्मिक सहिष्णुता दर्शाउन पनि माक्स वितरण गरेका बताए । आलम विराटनगरमा सामाजिक क्षेत्रका क्रियाशिल युवा मानिन्छन् ।

कोरोना महामारीका कारण २०७७ र २०७८ सालमा रथयात्रा भएन् । माहामारीको जोखिमकाबीच आज निकालिएको रथयात्रामा हजारौ भक्तजन सहभागि भएका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५