खबर पूर्वाञ्चल
कलेजमा अध्ययनरत होटल म्यानेजमेन्टका विद्यार्थीको क्षमता विकासका लागि हरेक महिना फुड फेस्टिवलको आयोजना गर्दै आएको छ।विद्यार्थीको क्षमता विकासका लागि एक एक महिनामा फुड फेस्टिवलको आयोजना गर्दै आएको साथै विद्यार्थीहरुलाइ दक्ष बनाउनका लागी विषय भन्दा बाहिर रहेका तालिम समेत संचालन गर्दै आएको कलेजका निर्देशक रोहितजंग थपलियाले बताए ।अन्य विषयमा जस्तै होटलम्यानेजमेन्टतर्फ उत्कृष्ट बन्दै आएको सेन्टजोसेफले प्रयोगात्मक सिकाइमा जोड दिँदै आएको छ ।
सेन्टजोसेफ प्लस टुमा अध्ययन गरिरहेका ११ र १२ का विद्यार्थीहरुलाइ जिवन उपयोगी शिक्षा प्रदान गर्नका लागी फुड फेस्टिवलको आयोजना गरेको विभागिय प्रमुख मनोज राजवंशीले बताए । विद्यार्थीहरुले फुड फेस्टिवलमा चिकेन विरयानी , चिकेन पकौडा , कोकोनट भासिमा , फ्रुट क्रिम , क्रिस्पी चिकेन , मिट वल्सलगायतका परिकार बनाएका थिए ।
सेन्टजोसेफ होटलम्यानेजमेन्ट तर्फ २०७६ र २०७८ मा प्रदेश प्रथम भइसकेको छ भने अन्य बिषयमा पनि शतप्रतिशत नतिजा ल्याउदै आइरहेको छ ।
तपाईको प्रतिक्रिया