AArya
RUMPUM
animated ellipse animated ellipse

कोशी प्रदेशका पर्यटन मन्त्री मण्डलको क्युआर कोड सम्बन्धमा सरकारको आधिकारिक धारणा माग

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२४ असार २०८२, मंगलवार १८:४९
117
Shares
विराटनगर / कोशी प्रदेश सभाको आजको वैठकमा ‘योगदान मुलुक निवृत्तिभरण कोष स्थापना तथा सञ्चालन सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सदनमा पेस भएको छ ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले उक्त विधेयक सदनमा प्रस्तुत गरे भएपछि सभामुख अम्बरबहादुर विष्टले निर्णायार्थ प्रस्तुत गर्दा सर्वसम्मतले परित भएको छ । यस अघि सुन्य समयमा बोल्दै प्रदेश सभा सदस्य राजन कार्कीले पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले सचिवालयका कर्मचारी अमृत मेहताको क्यूआर कोड मार्फत आफ्ना मन्त्रालयका कर्मचारीहरुसँग रकम माग गर्ने गरेको व्यापक गुनासो र सामाजिक सञ्जालमा आएपछि सो विषयमा सरकारको आधिकारिक धारणाको माग गरे ।

अर्का सदस्य सपना दर्जीले भारतबाट दैनिक १० टन माछा मोरङ, सुनसरी र झापाबाट अवैध रुपमा आयात हुने गरेकोमा नियन्त्रण गरी स्वदेशी माछा कृषकलाई घरवार विहिन हुनबाट जोगाउनु पर्ने धारणा राखिन् ।

प्रदेश सभाको अर्को बैठक आगामी साउन ७ गते दिनको १ बजे बस्ने सभामुख विष्टले सदनसमक्ष जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर