प्रदेशसभाको उम्मेदवार बन्ने निश्चित भए पछि इटहरीका पूर्व मेयर द्धारिकलाल चौधरी माओवादी केन्द्रमा प्रवेश

खबर पूर्वाञ्चल, १६ आश्विन २०७९, आईतवार ११:११
288
Shares
विराटनगर / सुनसरी क्षेत्र नम्बर २ को प्रदेशसभा क बाट उम्मेदवार बन्ने निश्चित भए पछि इटहरी उप महानगरपालिकाका पूर्व मेयर द्धारिकलाल चौधरी नेकपा एमाले छाडेर नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

आज प्रचण्ड निवास खुमलटारमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चौधरीलाई माओवादी केन्द्रमा प्रवेश गराएका हुन् । उनी नेकपा एमालेका पूर्व जिल्ला कमिटी अध्यक्ष पनि हुन ।

गठबन्धनमा प्रतिनिधिसभामा सुनसरी क्षेत्र नम्बर २ काँग्रेसको भागमा परेको छ भने सो क्षेत्रको प्रदेशसभा (क) माओवादीको भागमा परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५