खबर पूर्वाञ्चल
समाचकेवा उत्सवका अवसरमा अप्पन विराटगढ समाजले आयोजना गरेको कार्यक्रममा नेता बस्नेतले आउँदो आमनिर्वाचनमा आफ्नो गाउँ ठाउँमा बसेर सुखदुःखमा साथ दिने जनप्रतिनिधि छान्न आग्रह गरेका हुन् । उनले नेकपा (एमाले)ले देशको विकासको स्पष्ट खाका कोरेको भन्दै एमालेको नीति तथा नेतृत्वमा सरकार बनाउन सहयोग गर्न अपिल गरे ।
उनले देशमा अधिकारको लागि सबैभन्दा बढी संघर्ष गरेको पार्टी एमाले भएको बताउँदै उनले महिलाको हक अधिकार एमालेले मात्र स्थापित गराउँने बताए । उनले भने ‘अहिलेसम्म अमेरिकाले त महिला राष्ट्रपति बनाउन सकेको छैन्, नेपालमा एमालेले महिलालाई राष्ट्रपति बनायो ।
यसबाट एमाले समानता र अधिकारका लागि कति प्रतिबद्ध छ भन्ने स्पष्ट हुन्छ ।’ समृद्धि, पारदर्शिता, राजनीतिक स्थायित्वको पक्षमा एमाले भएकाले अहिले एमालेमा जनलहर बढेको बताउँदै बस्नेतले आगामी निर्वाचनमा ढुक्क भएर एमालेलाई मतदान गर्न बस्नेतले अनुरोध गरे । उनले नेपालमा सबैभन्दा उत्तम पार्टी एमाले भएकाले एमालेको सरकार बन्यो भने अधुरा कामहरु पूरा गर्ने र नयाँ परियोजनाहरु कार्यान्वयन गर्न सजिलो हुनेछ ।
तपाईको प्रतिक्रिया