पूर्वाञ्चल खबर
संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले अविश्वासको प्रस्ताव पेश गर्ने सांसदहरुलाई तत्काल प्रस्ताव फिर्ता गरी २४ घण्टा भित्र स्पष्टीकरण पेश गर्न निर्देशन सहितको पत्र पठाएका हुन् ।
संसदीय दललाई जानकारी गराउनु भन्दा पहिले नै संसद् सचिवालयमा प्रचण्ड–माधव समूहका ३७ जना सांसदहरुले हिजो मुख्यमन्त्री शेरधन राईको विरुद्धमा अविश्वास प्रस्ताव पेश गरेका थिए । संसदीय दलमा छलफल नगरी पहिले नै प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गरेकोले प्रस्ताव फिर्ता सहित स्पष्टिकरण पेश गर्न पत्र पठाएको प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले बताए ।
‘नेपालको संविधान, राजनीतिक दल सम्बन्धी ऐन, प्रचलित कानुनी ब्यवस्था तथा पार्टीको संसदीय दलको बिधान २०७६ को भाग ६ दफा २४ को (क) (ख) (ग) (च) (छ) आकर्षित भई बिधानको दफा २६ (ग) को देहाय (१) (२) (४) र (५) बमोजिम तपाईलाई कार्बाही किन नगर्ने ? तर्सथ पत्र प्राप्त भएको २४ घण्टा भित्र उक्त अबिश्वासको प्रस्ताब फिर्ता गरी लिखित स्पष्टीकरण पेश गर्न दलका नेताको निर्देशन बमोजिम पेश गर्न निर्देश गरिएको छ,’ जारी पत्रमा उल्लेखछ । अन्यथा संविधान, राजनीतिक दल सम्बन्धी ऐन, कानुन र दलको बिधान बमोजिम कार्बाही भई गरेर जाने पत्रमा उल्लेख छ ।