animated ellipse animated ellipse

सप्तकोशी नदीमा पानीको बहाव उच्च बन्दै, ४० ढोका खोलियो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२७ असार २०७७, शनिबार १९:०९
3
Shares
सुनसरी / निरन्तरको वर्षासँगै सप्तरी र सुनसरीको सीमामा पर्ने सप्तकोशी नदीमा पानीको बहाव उच्च बन्दै गएको छ ।

आज साँझसम्म मापन अनुसार पानीको बहाव २ लाख ७६ हजार ५ सय ५५ क्युसेक प्रतिसेकेन्ड मापन गरिएको छ । जसकारण आसपासका बासिन्दालाई सचेत गराउन खतराको संकेत स्वरुप रातो बत्ति बालिएको छ भने कोशी ब्यारेजका ५६ मध्ये ४० ढोका खोलिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

बहाव वर्षकै उच्च हुँदासमेत कोसी व्यारेजका सबै ढोका खोल्न स्थानीय प्रशासनले चासो देखाएको छैन् । भारत सरकारको नियन्त्रणमा रहेको व्यारेजमा भारतले आफू अनुकुल मात्र ढोका खोल्ने गरेको छ ।

सप्तकोशीका सबै ढोका नखोलेकै कारण गत २०६५ साल भदौ २ गते राती सप्तकोसी नदीले पूर्वी तटबन्ध भत्काएर कटान गर्दा सुनसरीका साविकका गाविसहरु श्रीपुर, हरिपुर, पश्चिम कुसाहा र लौकही गाविसमा ठूलो क्षति गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर