खबर पूर्वाञ्चल
आज दिउँसो करिब १२ बजेको समयमा स्थानियले ऋषिदवेको शव मृत अवस्थमा देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा मोरङ प्रहरीको मुद्दा फाटका प्रहरी निरिक्षक मिलन थापाको नेतृत्वको टोली पुगेको छ । घटनास्थलमा पुगेको प्रहरी टोलीले घटना मुचुल्का उठाएर शव पोस्टामको लागि विराटनगरस्थित कोशी अस्पताल ल्याएको छ ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । ‘शव फेला परेपछि घटनाको अनुसन्धान भइरहेको छ,’ डिएसपी श्रेष्ठले भने, ‘अहिले अनुस्न्धानको क्रममा रहेका छौं । पोस्मार्टम रिपोटपछि थप विषय खुल्नेछ ।’
मृतक ऋषिदेवको शरिरमा चोट पटक पनि लागेको छ । शरीरमा चोटपटक लागेको कारणले स्थानियले दुर्घटनामा परी ऋषिदेवको मृत्यु भएको आशंका गरिएको छ । शव भेटिएको स्थान विराटनगर–रंगेली हुलाकी खडक खण्डदेखि करिब दुई सय मिटर उत्तरमा पर्दछ । ऋषिदेवको शरीरमा चोटपटक लागेकोले दुर्घटना भएर मृत्यु भएको हुनसक्ने भएकोले घटनाको विषयमा प्रहरी प्रशासनलाई गहन अनुसन्धान गर्न माग गरिएको कटहरी गाउँपालिका–४ का वडाअध्यक्ष मन्टु शेखले जानकारी दिए । ‘घटना रहस्मय रहेकोले हामीले प्रहरी प्रशासनलाई गहन अनुस्न्धान गर्न माग गरिएको छ,’ वडाअध्यक्ष शेखले भने ।
मदिरा सेवन गर्ने ऋषिदेवले स्थानिय होटलमा आज विहान मदिरा सेवन गरेर हिडेको बुझिएको छ ।