RUMPUM
animated ellipse animated ellipse

कोरोना संक्रमणको दर उच्च बिन्दुमा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

९ जेष्ठ २०७८, आईतवार १८:३६
1.08k
Shares
विराटनगर / दोस्रो चरणको कोरोना संक्रमणको दर उच्च बिन्दुमा पुगिसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा महामारी रोग विशेषज्ञ डा. अर्चना श्रेष्ठले दोस्रो चरणको संक्रमण दर उच्च विन्दुमा पुगिसकेको र गत हप्ताको तुलनामा ५ प्रतिशतले संक्रमण दर घटेको जानकारी दिइन् । तर पनि ५० वटा जिल्लामा भने व्यापक संक्रमण दर छ । उनका अनुसार ती जिल्लाहरुमा संक्रमणदर प्रति एक लाख जनसंख्यामा २७.८ प्रतिशत छ । प्रति एक लाख जनसंख्यामा संक्रमणदर १० प्रतिशतभन्दा बढी भएमा संक्रमणको अवस्थालाई व्यापक मानिन्छ । श्रेष्ठका अनुसार बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका जिल्लाहरुमा संक्रमितको संख्यामा केही कमी आए पनि अन्य प्रदेशमा भने संक्रमण बढेको छ ।

प्रदेश २ मा यो हप्ता १०५.५ प्रतिशतले संक्रमण वृद्धि भएको उनले बताइन् । डा. श्रेष्ठका अनुसार पहिलो लहरको तुलनामा अहिले संक्रमण ३ गुणाले बढेको छ । पहिला संक्रमण उच्कर्षमा पुग्दा प्रति एक लाख जनसंख्यामा संक्रमणदर १३१.७ प्रतिशत रहेकोमा अहिले ३०७ प्रतिशत पुगेको छ । समग्रमा यो हप्ता गतहप्ताको तुलनामा ५ प्रतिशत संक्रमण दर घटेको उनले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर