AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

प्रदेश प्रज्ञा प्रतिष्ठान कानुन लोकतान्त्रिक बनाउन साहित्यकारहरूको सुझाव

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ मंसिर २०८१, बुधबार १८:२१
45
Shares
विराटनगर / नेकपा एमाले कोशी प्रदेश कमिटीको कला, साहित्य तथा संस्कृति विभागले प्रदेश सरकारलाई विभिन्न सातबुँदे सुझाव दिएको छ ।

प्रदेशमा रहेको समग्र साहित्य, कला, संस्कृतिको संरक्षण, सम्वद्र्धन र उत्थानका लागि गम्भीर हुन कमिटीले आग्रह पनि गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई भेटेर विभागका प्रमुख खेम नेपाली नेतृत्वको टोलीले ७ बुँदे लिखित सुझाव दिएको हो ।

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीका अवसरमा प्रदान गर्न सुरु गरेको प्रदेश साहित्य, कला, सम्मानलाई निरन्तरता दिनुपर्ने, प्रदेश प्रज्ञा प्रतिष्ठान गठनसम्बन्धी निर्मित कानुन लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको मान्यताअनुसार नभएकाले परिमार्जन गरी लोकतान्त्रिक व्यवस्थाअनुसारको प्रदेश प्रज्ञा प्रतिष्ठान यथाशीघ्र गठन गर्नुपर्ने, कोशी प्रदेश धेरै आदिवासी तथा जनजातिको बसोबास रहेकाले यो भूमिमा धेरै मौलिक भाषा, गीत, संगीत, भेषभुषा र संस्कृति रहेकाले तीनको संरक्षण र सम्वद्र्धनमा विशेष योजना बनाउनुपर्ने विभागले बुझाएको सुझावमा उल्लेख छ ।

विभागका प्रदेश प्रमुख खेम नेपाली, उपप्रमुख जेवी थुलुङ र सचिव चन्द्रबहादुर सेमीले हस्ताक्षर गरेको सुझावपत्रमा एकीकृत चलचित्र निर्माणस्थल, फिल्म सिटी निर्माणको योजना अघि सार्नुपर्ने, विद्यार्थी तथा युवाहरुमा देशभक्तिको भावना विकास गर्न देशभक्ति तथा जागरण गीतसंगीतलाई सरकारी तबरबाट पृष्ठपोषण गर्नुपर्ने, कोशी प्रदेशका विद्यालय र विश्वविद्यालयमा विविध कला विषय अध्ययन गराउन सरकारीस्तरबाटै पहल गरिनुपर्ने र प्रदेशका विविध जाति, जनजातिका संस्कृति समेटिने प्रादेशिक संग्राहालय निर्माणमा पहल गर्नुपर्ने उल्लेख छ । सो अवसरमा विभागमा आबद्ध साहित्यकारहरुको सहभागिता रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर