कोरोना संक्रमणबाट पाँच दिनको फरकमा मोरङको उर्लाबारीमा बाबु छोराको निधन

खबर पूर्वाञ्चल, १७ जेष्ठ २०७८, सोमबार १६:४१

उर्लाबारी / कोरोना संक्रमणबाट पाँच दिनको फरक मोरङको उर्लाबारीमा एकै घरका बाबुछोराको निधन भएको छ ।

उर्लाबारी–२ का उर्लाबारीका पूर्व गाविस उपाध्यक्ष कुमार धिमालको निधन भएको पाँच दिनपछि उनका उनका ४७ वर्षीय छोरा तेजबहादुर आज निधन भएको छ ।

उर्लाबारी गाविसका २०५४ साल देखि २०५८ सालसम्म उपाध्यक्ष रहेका धिमालको जेठ १२ गते कोभिडको संक्रमणका कारण झापाको विर्तामोडस्थित बिएण्डसी अस्पतालमा मृत्यु भएको थियो । उनका छोराको पनि आज सोही अस्पतालमा उपचारका क्रममा निधन भएको उर्लाबारी नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

धिमाल जाति विकास केन्द्रका केन्द्रीय महासचिव मातृका धिमालका अनुसार परिवारका जेठो छोरा तेजबहादुरमा सबैभन्दा पहिले कोरोना देखिएको थियो । उनलाई अस्पताल भर्ना गरेको एक सातापछि बाबु कुमारमा संक्रमण देखिएको थियो ।

धिमाल संस्कृति अनुसार बाबुको दाहसंस्कार भएको स्थल स्थानीय सालबारी बन क्षेत्रमै छोराको पनि अन्तेष्टी गर्ने तयारी भईरहेको छ । योसँगै उर्लाबारीमा कोभिडका कारण ज्यान गुमाउनेको संख्या १८ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५