AArya
RUMPUM
animated ellipse animated ellipse

जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार सुदिप कोइराला पुरस्कृत

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१३ श्रावण २०८२, मंगलवार १८:२०
36
Shares
विराटनगर/ जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कारबाट कोशी प्रदेश पत्रकार महासंघका कोषाध्यक्ष सुदिप कोइरालालाई नगद १५ हजार ५ सय ५५ सहित पुरस्कृत भएका छन् ।
प्रेस चौतारी नेपाल मोरङले आज विराटनगरमा आयोजना गरेको कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोइरालालाई पुरस्कार प्रदान गरेका हुन्।  कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सदृढ गर्न पत्रकारिता क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । उनले समृद्ध नेपाल। सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्न पत्रकारिता क्षेत्रले आफ्नो ठाउँवाट भूमिका खेल्नु पर्ने बताए ।
मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले गत वर्ष चालु र पूँजीगत गरी ८१ प्रतिशत खर्च गरी सात प्रदेशमा पहिलो हुनमा सहयोग गर्ने सम्पूर्ण नागरिकहरुलाई वधाई दिए । उनले मुलुकमा राजनीतिक स्थायित्वको कारण प्रदेश सरकार गर्त वर्ष आन्तरिक राजश्व चार अर्व  ८९ करोड लक्ष्य लिएकोमा ९८ प्रतिशत संकलन गर्न सफल भएको र यो अघिल्लो आर्थिक वर्ष भन्दा सात दशमलव पाँच प्रतिशतले वृद्धि भएको जानकारी गराए ।
मुख्यमन्त्री कार्कीले प्रदेश सरकारको विषयमा सुशासनका सम्वन्धमा उठेका प्रश्नहरुको यथाशिघ्र हल गरी वेरुजु घटाउने र नागरिकलाई सुशासनको प्रत्याभूति दिने बताए । उनले प्रदेश सरकारले ल्याएको प्रदेश संचार प्रतिष्ठान विधेयक प्रदेश सभामा छलफलको क्रममा रहेको जानकारी दिँदै त्यसका माध्यमवाट सञ्चारकर्मीको स्वास्थ्य विमा लगायत वृत्ति विकासमा योगदान पु¥याउने जानकारी दिए ।
नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्काले पत्रकारिता क्षेत्रमा काम गर्नेलाई प्रदान गर्ने पुरस्कारले उर्जा थप्नुका साथै यस क्षेत्रमा निरन्तरता कायम गर्न सहयोग पुग्ने बताए ।
चौतारी मोरङकी अध्यक्ष चिना थापा र चौतारीका मोरङ इन्चार्ज सुमन सुस्केराले  पत्रकारिता क्षेत्रको विकासका लागि विभिन्न प्राविधिक ज्ञानका तालीम आयोजना गरेको जानकारी दिए । मैनाली पुरस्कार यस अघि मोरङमा कार्यक्षेत्रमा बनाई कार्य गर्ने १६ जना सञ्चारकर्मीहरुलाई वितरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर