animated ellipse animated ellipse

एपीएफ र लुम्बीनी विजयी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३० पुष २०७९, शनिबार १७:५७
108
Shares
सुनसरी / विभागीय क्लब एपीएफ र लुम्बीनी प्रदेशले प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेका छन् ।

इटहरीमा जारी प्रतियोगिता अन्तर्गत एपीएफले गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गरेको हो । गण्डकीले दिएको सामान्य ५२ रनको लक्ष्य ८ दशमलव ४बलमा मात्र ३ विकेट गुमाएर पूरा गरेको थियो । एपीएफको जीतमा कप्तान सिता रानामगरले १९ रनको नटआउट पारि खेल्दा ज्योति पाण्डे ८ रनमा आउट भइन । यसैगरी रोमा थापा १४ रनमा नटआउट रहँदा इन्दू बर्मा र सरिता मगरले खाता खोल्न सकेनन ।

गण्डकी प्रदेशकी सृष्टि जैशीले सवै ३ विकेट आफ्नो नाममा लेखाइन । त्यसअघि इटहरी स्थित जनता क्रिकेट पार्कमा टस जितेर पहिला ब्याटिङ गरेको गण्डकी प्रदेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ५१ रन बनाएको थियो । कप्तान सृष्टि जैशीले सर्वाधिक १४ रन बनाउँदा अरु कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन । सुजाता थापा र कुशुम गोदारले ७–७ रन बनाए । एपीएफकी प्लेयर अफ दी म्याच सुमन विष्टले ३ विकेट लिँदा नेरी थापा, शुष्मा श्रेष्ठ, सिता रानामगर र राजमति ऐरीले एक एक विकेट लिए ।

आजै भएको दोस्रो खेलमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई ९८ रनले हराउदै सुखद सुरुआत गरेको हो । लुम्बिनीले दिएको १ सय ४८ रनको लक्ष्य पछ्याएको कर्णाली १८ ओभर १ बलमा अलआउट हुदै ४९ रनमा समेटियो । कर्णालीका लागि यमुना थारुले १३ रन जोडिन । किरण कुवँरले १० रन जोडिन भने अन्य ब्याटरले दोहोरो अंकको रन जोड्न सकेनन् । कर्णालीका ६ खेलाडी सुन्य रनमा पेभेलियन फर्किएका थिए ।

लुम्बिनीका कृतिका मरासिनी र मधु डिसीले ३–३ विकेट हात पार्दा सुस्मिता भुसालले २ विकेट लिइन । त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ४७ रन जोडेको थियो । लुम्बिनीका लागि लक्ष्मी चौधरीले सर्वाधिक ३३ रन जोडिन । सरस्वती पुनले अविजित ३० रन बनाउँदा आश्मा पुलामी मगरले १४ रन र रन्जु श्रेष्ठले १० रन जोडिन । कर्णालीका यमुना थारु र बिना थापाले २–२ विकेट लिइन । प्रतियोगिता अन्तर्गत आइतबार हुने पहिलो खेलमा एपीएफ र बागमती प्रदेशबिच प्रतिष्पर्धा हुदा दोस्रो खेलमा मधेश प्रदेश र कर्णाली प्रदेशबिच खेल हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया

फोटो फिचर