AArya
RUMPUM
animated ellipse animated ellipse

ब्राउन सुगरसहित ५ जना पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१४ चैत्र २०८१, बिहीबार १६:२२
171
Shares
विराटनगर / मोरङ, सुनसरी र धनकुटा जिल्लाको ीव्भिन्न स्थानबाट प्रतिवन्धित लागूऔषध ब्राउन सुगर र निषेधित औषधी सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

चैत्र १३ गते मोरङको विराटनगर महानगरपालिका १५ स्थितमा लागूऔषध नियन्त्रण व्युरो विराटनगरबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले ब्राउन सुगर ५ ग्रामसहित सुनसरीको धरान १३ का ३५ बर्षीय राजकुमार राईलाई, मोरङ उर्लाबारी २ का ३१ बर्षीय संदिप कटुवाललाई ३ ग्राम ब्राउन सुगरसहित र पथरी शनिश्चरे १० का ३२ बर्षीय प्रेमबहादुर तामाङलाई १० ग्राम ३० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ ।

यसै गरी सुनसरीको अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा धरान १७ का २२ बर्षीय पासाङ तामाङ र २४ बर्षीय सुमन राईलाई ट्रामाडोल ३९७ क्यापसुल र स्पास्पेन ७ ट्याव्लेट सहित पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर