रथयात्राको साटो विराटनगरमा निकालियो खटयात्रा

खबर पूर्वाञ्चल, १५ भाद्र २०७८, मंगलवार १८:२५
विराटनगरको राधाकृष्ण मन्दिरबाट निकालिएको खटयात्रा । तस्वीर : पुष्पराज थपलिया

विराटनगर / प्रत्येक वर्ष राधाकृष्ण जन्माष्टमीको भोलिपल्ट विराटनगरमा भब्य रूपमा निस्किने रथयात्रा यस पटक कोरोना महामारीका कारण भीडभाड नगरी खटयात्रा निकालको छ ।

विराटनगरस्थित राधाकृष्ण मन्दिरबाट आज दिउँसो परम्परागत खटयात्रा निकालेर नगर परिक्रमा गरिएको छ । खटयात्रामा सीमित भक्तजनहरु सहभागी भएका थिए भने विभिन्न झाँकीसहितका दर्जनौं गाडीहरु रथसँगै परिक्रमा गराइएको थियो ।

दक्षीण एशियाकै ठूला मध्येको रथयात्राको रुपमा मानिएको विराटनगरको राधाकृष्ण रथयात्रामा लाखौं भक्तजनहरु सहभागी हुने गरेका थिए । मोरङ, सुनसरी तथा भारतको अररीया जिल्लाबाट रथयात्रा अवलोकनकै लागि ठूलो संख्यामा भक्तजनहरु विराटनगर आउने गरेका थिए । यस पटक कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गरेर रथयात्रा आयोजक समितिले परम्परागत खटयात्रा मात्र गर्ने निर्णय लिएको थियो ।

विक्रम सम्वत् १९८८ मा पहिलो पटक विराटनगरमा राधाकृष्ण मन्दिरबाट खटयात्राको प्रचलन सुरु भएको थियो । राधाकृष्णको मूर्ति खाटमा राखेर नगरपरिक्रमा गराउने प्रचलन विक्रम सम्बत २०२४ सालमा रथयात्रामा परिणत भएको थियो । त्यसयता निरन्तर रथयात्रा हुँदै आएको थियो । अघिल्लो वर्ष र यसपटक गरी लगातार दुई वर्ष रथयात्राको साटो खटयात्रा गरिएको छ ।

रथयात्रा आयोजक समितिले यो वर्ष रथ परिक्रमा गर्ने रुट बिस्तार गरेको छ । पहिले मन्दिरबाट निस्किएको रथ स्थानीय ट्राफिक चोक, महेन्द्रचोक, बरगाछी हुँदै ८ किलोमिटर यात्रा गरी पुनः मन्दिरमा पु¥याइने गरेको थियो । यसपटक भने ट्राफिकचोकदेखि रोडशेषचोकसम्म र रोडशेषचोकदेखि राजवंशी चोक, पुष्पलालचो हुँदै राधाकृष्ण मन्दिरसम्मको झण्डै १६ किलोमिटर दुरीमा खटयात्रा गरिएको छ । आगामी वर्षदेखि यसै रुटमा रथयात्रा सञ्चालन गर्ने तयारी छ ।

विराटनगरको रथयात्रालाई प्रदेश नम्बर १ को विषेश धार्मिक कार्यक्रमको रुपमा स्वीकार गर्दै प्रदेश सरकारले रथयात्राका दिन प्रदेश १ का झापा, मोरङ र सुनसरीका तीन जिल्लामा सार्वजनिक विदा दिने गरेको छ । तस्वीरहरु पुष्पराज थपलिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

MADHAV RAJ WAGLE
PABSON daisain

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५