खबर पूर्वाञ्चल
आज राजविराजको पब्लिक विन्देश्वरी स्कुलको खेल मैदानमा मिथिला वारिर्यसले जनकपुर सनराइजलाई ५ विकेटले पराजित गरेको छ ।
१ सय २३ रनको झिनो लक्ष्य पाएको मिथिलाले १४ दशमलव ३ बलमा ५ विकेट गुमाई सो लक्ष्य भेट्टाएको थियो । मिथिलाको जितमा प्लेयर अफ दि म्याच कुशल भुर्तेलले ३४ बलमा ३ छक्का र ७ चौका प्रहार गर्दै ५६ रन बनाउँदा कप्तान दिपेन्द्रसिंह ऐरीले २३ रनको योगदान लिए । जनकपुरका विशालकुमार पटेलले सर्वाधिक २ विकेट लिए ।
यस अघि टस हारेर ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरको खेलमा १८ दशमलव ५ बलमा सवै विकेट गुमाई १ सय २२ रनमा सिमित भयो । जनकपुरका नन्लन यादवले ३६ रन बनाउँदा विशालकुमार पटेलले २२ रनको योगदान दिए । मिथिलाका बसिर अहमदले ४ ओभरमा १५ रन दिएर ४ विकेट लिँदा कुशल भुर्तेलले २ विकेट लिए ।