AArya
RUMPUM
animated ellipse animated ellipse

पूसोम कलेजद्वारा विविएको २० औ ब्याचको विद्यार्थीलाई विदाई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ चैत्र २०७९, शनिबार १९:०५
3
Shares
विराटनगर / विराटनगर – २ मा रहेको पूर्वाञ्चल विश्व विद्यालय स्कूल अफ मेनेजमेन्ट (पूसोम)ले विविए संकायका २० औं ब्याचका विद्यार्थीहरुलाई आज एक कार्यक्रम आयोजना गरी बिदाई गरेको छ ।

कलेजमा अध्यनरत विविएको आठौ सेमेस्टरका ८५ जना विद्यार्थीं छैटौं सेमेस्टरका विद्यार्थीले कलेजमा कार्यक्रम गरि मायाको चिनो प्रदान गरी बिदाई गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि पूर्वाञ्चल विश्व विद्यालय व्यवस्थापन संकायका डिन प्रा.डा. विजुकुमार थपलिया, कलेजका निर्देशक प्रशान्तकुमार दास लगायत मन्तव्य राख्दै पुसोम कलेजले अझै शैक्षिक गुणस्तर विस्तार गरेर जाने भन्दै विद्यार्थीलाई शुभकामना दिएर विदाई गरेको थिए । पूसोम कलेजले नेपालमा पहिलो पटक विविएको अध्यापन गराएको कलेजले जनाएको छ ।

विदाई कार्यक्रमा छैटौं सेमेस्टरका विद्यार्थी संगिता साह र इसा थापाले शुभकामना मन्तब्य राखेका थिए । त्यस्तै कलेजमा विद्यार्थी हुने आठौ सेमेस्टरका विद्यार्थी मोनिका दास र लालुकुमार यादवले कलेजका वितेका ४ वर्षको अनुभव सुनाएका थिए । कार्यक्रमा छैटौं सेमेस्टरका विद्यार्थीहरुले नृत्य तथा गित गाएर मनोरञ्जन प्रदान गरेका थिए ।

पूसोम कलेजमा विजिएलगायत एनविए। एमफिल, पिएचडिलगायतको पढाई हुने कलेजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर