AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

सगरमाथा स्कुलमा नयाँ विद्यार्थीलाई स्वागत गर्दै नयाँ मनिटर चयन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ जेष्ठ २०८२, मंगलवार १८:०२
1.5k
Shares
विराटनगर / विराटनगर– ११ स्थित सगरमाथा सेकेण्डरी बोर्डिङ स्कुलले एक विशेष समारोहको आयोजना गरी नयाँ शैक्षिक सत्रमा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गर्नुका साथै नवनियुक्त कक्षा मनिटर तथा सहायक मनिटरहरुलाई औपचारिक रुपमा ब्याज प्रदान गरिएको छ ।

प्ले ग्रुपदेखि कक्षा ९ सम्म यस शैक्षिक सत्र २०८२ मा ३०० भन्दा बढी नयाँ विद्यार्थीहरु भर्ना भएका छन् । विद्यालयका पुराना विद्यार्थी तथा सगरमाथा बाल क्लबले संयुक्त रूपमा नयाँ विद्यार्थीहरुलाई स्वागत गर्दै विद्यालयको परिवेश र नियमहरुबारे जानकारी गराएको छ ।

‘‘हामी हरेक शैक्षिक सत्रको सुरुवातमा नयाँ विद्यार्थीहरुलाई विद्यालय परिवारमा घुलमिल गराउन यस्तो कार्यक्रमको आयोजना गर्छौं,’ ‘यसले उनीहरुलाई नयाँ वातावरणमा सहज महसुस गर्न मद्दत गर्छ ,’ विद्यालयका प्रिन्सिपल त्रिलोचन गौतमले भने ।

समारोहमा विद्यालयका भाइस प्रिन्सिपल रोहिणी रमण दवाडीले जानकारी दिए अनुसार कक्षा ३ देखि १० सम्मका विद्यार्थीहरुमध्येबाट ९६ जनालाई कक्षा मनिटर र सहायक मनिटरको रुपमा छनौट गरिएको छ । ‘विद्यार्थीहरुमा नेतृत्व क्षमताको विकास गर्ने उद्देश्यले हामीले यो प्रणाली अपनाएका छौं,’ दवाडीले भने । छनौट प्रक्रियामा विद्यार्थीहरूको शैक्षिक प्रगति, अनुशासन, सामाजिक सीपहरु र शिक्षकहरुको सिफारिसलाई आधार बनाईएको थियो ।

नवनियुक्त मनिटरहरुलाई विद्यालयका भाइसप्रिन्सिपल तथा शिक्षकहरुले ब्याज प्रदान गरे । नयाँ चयन भएका मिनटहरुले आफ्नो नयाँ जिम्मेवारीप्रति उत्साहित रहेको बताए । उनीहरुले विद्यालय प्रशासन र विद्यार्थीहरुबीच सेतुको रुपमा काम गर्ने बताएका छन् ।

बिराटनगर – ११ पाञ्चालीमा अवस्थित सगरमाथा स्कुलले विगत २५ वर्षदेखि विराटनगरमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । विद्यालयले शैक्षिक उत्कृष्टताका साथै, असल संस्कार, अनुशासन, पारिवारिक र सामाजिक जिम्मेवारीको बोध, नैतिक शिक्षा र अतिरिक्त क्रियाकलापहरु लगायतमा विशेष जोड दिँदै आएको छ । ‘हाम्रो लक्ष्य केवल राम्रो अंक ल्याउने विद्यार्थी मात्र होइन, बरु सक्षम र जिम्मेवार नागरिक तयार पार्नु हो, त्यसैले हामी शैक्षिक गतिविधिसँगै विद्यार्थीहरुमा नेतृत्व, अनुशासन र सामाजिक उत्तरदायित्व जस्ता गुणहरु विकास गर्न प्रयासरत छौं,‘ विद्यालयका प्रिन्सिपल गौतमले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर