AArya
RUMPUM
animated ellipse animated ellipse

एमाले विराटनगर अधिवेशन : ३१४ मा ३०८ मत खसियो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

४ बैशाख २०८२, बिहीबार २१:५८
369
Shares
विराटनगर / नेकपा एमाले विराटनगर महानगर कमिटीकाे नयाँ नेतृत्व चयनका लागि भएकाे मतदानमा ९८ प्रतिशत मतदान भएकाे छ । ३१४ प्रतिनिधि मध्ये ३०८ जनाले मतदान गरेका छन् ।

मतदान सम्पन्न भएसँगै मतगणनाकाे तयारी शुरू गरिएको निर्वाचन समितिले जनाएको छ ।

केहीवेरपछि मतगणना शुरू गरिने प्रमुख निर्वाचन अधिकृत दिपेश बाँस्तोलाले जानकारी दिए । ५ पदाधिकारी सहित ९१ सदस्यीय कमिटीमा ६८ जना निर्विरोध भएका छन् ।

महानगरको नयाँ नेतृत्वका लागि संगठन कमिटिका वर्तमान अध्यक्ष रोहित कोइराला र सचिव बलराम गिरी (नविन) को नेतृत्वको अलग–अलग प्यानलवीच प्रतिष्पर्धा छ ।

कोइराला समूहबाट उपाध्यक्षमा राम पोखरेल, सचिवमा नवराज काफ्ले र उपसचिवमा प्रेमकला डाँगी र चन्द्र शेखर विश्वास छन् ।

गिरी समूहबाट उपाध्यक्षमा सुवासप्रसाद न्यौपाने, सचिवमा विज्ञान शर्मा चापागाई, उपसचिवमा हिमा मैनाली पोखरेल, हमित आजाद रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर