AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

प्याब्सन प्रदेश १ को अध्यक्षमा टिकाराम ढकाल निर्विरोध निर्वाचित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३० पुष २०७८, शुक्रबार ०८:४०
405
Shares
विराटनगर / निजी आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) प्रदेश १ को अध्यक्षमा टिकाराम ढकाल निर्विरोध निर्वाचित भएका छन् ।

अध्यक्ष निर्वाचित भएका ढकाल हाल प्याब्सन प्रदेश १ का वरिष्ठ उपाध्यक्ष हन् । उनी ब्राइटफ्यूचर सेकेण्डरी स्कुल सुन्दरहरैंचाका संस्थापक प्राचार्य रहेका छन् । मंगलबार भएको मनजोनयनमा प्याब्सन मोरङको पूर्व अध्यक्ष ढकालको मात्र उम्मृद्वारी परेको थियो

यस्तै वरिष्ठ उपाध्यक्षमा सुमित थापा, उपाध्यक्षामा ज्ञानकुमार दाहाल र अर्जुन बस्नेत, सचिवमा कोषराज प्याकुरेल, कोषाध्यक्षमा राजेश आचार्य, सहसचिव विष्णुप्रसाद कोइराला र सहकोषाध्यक्षमा युसुभ पाण्डेको निर्वाचित
भएका छन् ।

यस्तै सदस्यमा भानुभक्त राजवंशी, ज्ञानकुमार लिम्बू, रुक्मीणा गौतम, निश्चलराज शाक्य र भुवन श्रेष्ठ निर्वाचित भएका छन् ।

मोरङको उर्लाबारीमा भएको प्याब्सन प्रदेशको तेस्रो अधिवेशनमा ४ सय ५९ जना प्रतिनिधि सहभागी रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर