AArya
RUMPUM
animated ellipse animated ellipse

एसईई दिएर बसेका विद्यार्थीका लागि निशुल्क ब्रिज कोर्षको कक्षा सञ्चालन गर्दै विराटनगरको एभरेष्ट स्कुल

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३१ चैत्र २०८१, आईतवार १७:३५
63
Shares
विराटनगर / विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डेरी स्कुलले एसईई दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै निशुल्क ब्रिज कोर्षको कक्षा सञ्चालन गर्ने भएको छ ।

यहि बैसाख ७ गतेदेखि सुरु हुने ब्रिज कोर्षमा एभरेष्ट स्कुलका विद्यार्थीसँगै अन्य विद्यालयबाट एसईई दिएका करिब तीन सय विद्यार्थीलाई निशुल्क ।कक्षा सञ्चालन गर्ने प्रिन्सिपल टिकाराम पुरीले बताए । उनका अनुसार ब्रिज कोर्षमा व्यवस्थापन र विज्ञान संकायका शैक्षिक पाठ्यक्रमसँगै अन्य विभिन्न कृयाकलापसमेत गराइनेछ ।

एआई प्रोग्रामिङ, रोबोटिक्स कक्षा, अंग्रेजी भाषा कक्षा, फुटबल, पौडी तथा बास्केटबलका समेत कक्षाहरु सञ्चालन हुनेछन् । ुयो ब्रिज कोर्षले विद्यार्थीहरुलाई अबको अध्ययन कसरी अघि बढाउने भन्ने बिषयमा मात्र उत्प्रेरणा जगाँउदैन’ प्रिन्सिपल पुरीले भने,‘ यसले विद्यार्थीहरुलाई अतिरिक्त कृयाकलापमा पनि सक्रिय सहभागिता जनाउन प्रेरित गर्छ ।’ यस्तै उच्च शिक्षाको लागि पाइला अघि चाल्दै गर्दा शिक्षण संस्थाको भौतिक पूर्वाधार र शैक्षिक वातावरणको अध्धयन गरि शिक्षण संस्था चयन गर्न समेत सघाउ पुग्ने प्रिन्सिपल पुरीले विश्वास ब्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर