AArya
RUMPUM
animated ellipse animated ellipse

ठूलो तामझामसहित सशस्त्रको छापा, बरामदगी भने न्यून

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ भाद्र २०८३, बुधबार १२:५२
63
Shares
विराटनगर / विराटनगर महानगरपालिका–१४ जतुवामा आज बिहान सशस्त्र प्रहरीले विशेष सूचनाका आधारमा तस्करीको सामान भण्डारण गरिएको आशंकामा सुरेश यादवको घर तथा गोदाममा छापा मारेको छ।

ठूलो परिमाणमा अवैध सामान बरामद हुने अपेक्षासहित ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर गरिएको छापामा भने अपेक्षाअनुसारको सामान फेला परेन l

सशस्त्र प्रहरीको टोलीले घर तथा गोदामलाई घेरा हालेर खानतलासी गर्दा केही बोरा र झोलामा राखिएका लत्ताकपडा मात्र बरामद गरेको हो। ठूलो परिमाणमा तस्करीको सामान रहेको सूचनाका आधारमा गरिएको तयारी र बरामद सामानको परिमाणबीच भने ठूलो अन्तर देखिएको छ।

सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी गेहेन्द्रबहादुर भण्डारीका अनुसार छापाका क्रममा करिब १ लाख ५० हजारदेखि २ लाख रुपैयाँसम्म मूल्य पर्ने लत्ताकपडा बरामद भएको छ।

‘हामीले जस्तो सोचेका थियौँ, त्यस्तो रहेनछ,’ भण्डारीले भने, ‘सूचना ठूलो थियो, तर सामान सोचेभन्दा निकै कम भेटियो।’
सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्ने जिम्मेवारी पाएको सशस्त्र प्रहरीले ठूलो जनशक्ति परिचालन गरेर गरिएको कारबाहीमा न्यून परिमाणमा मात्रै सामान बरामद भएपछि स्थानीयस्तरमा समेत चर्चा भएको छ। ठूलो तामझामसहित गरिएको छापाको उपलब्धि भने अपेक्षाभन्दा कमजोर देखिएको स्थानीयको भनाइ छ।

बरामद लत्ताकपडा सशस्त्र प्रहरीले नियन्त्रणमा राखेको छ। थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि ती सामान विराटनगर भन्सार कार्यालय पठाउने तयारी गरिएको छ। भन्सार कार्यालयले मूल्यांकन गरेपछि मात्रै बरामद सामानको वास्तविक मूल्य यकिन हुने सशस्त्र प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर