पूर्वाञ्चल खबर

मुख्यमन्त्री कार्कीले आफ्नो विवेक बुद्धि र क्षमतालाई सही ढंगले प्रयोग गर्दै राष्ट्रिय शक्ति निर्माण गर्ने साझा लक्ष्य पूरा गर्नका लागि सबै नेपाली अग्रसर हुनुपर्ने बताए। सुखी नेपाली समृद्ध नेपालको लक्ष्यलाई पूरा गर्नका लागि होली पर्वले सबैलाई उत्प्रेरणा जगाउने बताउँदै मुख्यमन्त्री कार्कीले सकारात्मक ऊर्जा, उत्साह र प्रेरणा छर्ने शुभकामना सन्देशमा उल्लेख गरे।
नेपाल बहुजाति बहुसांस्कृतिक र बहुभाषिक मुलुक भएको बताउँदै मुख्यमन्त्री कार्कीले नेपालीहरूको मौलिक परम्परा संस्कृति र पर्वले नेपालीलाई समृद्ध बनाएको चर्चा गरे । कोशी प्रदेशमा आज पहाडी क्षेत्रमा र भोलि तराई क्षेत्रमा हर्ष उल्लासका साथ होली पर्व मनाइन्छ।