AArya
RUMPUM
animated ellipse animated ellipse

बखतेको नामले परिचित बनाएका हास्यकलाकार थापाको कोरोना संक्रमणबाट निधन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

५ भाद्र २०७८, शनिबार ११:०४
1.08k
Shares
काठमाण्डौ /बखतेको नामले परिचित बनाएका हास्यकलाकार शम्भुराज थापाको कोरोना संक्रमणबाट निधन भएको छ ।

तीन दशकदेखि कलाकारितामा सक्रिय ५५ वर्षीय थापाको पाटन अस्पतालमा आज विहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ । थापालाई तीन साता अगाडि कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि अस्पताल भर्ना भएका उनको उपचारकै क्रममा निधन भएको हो ।

थापाले टेलिफिल्म हल्का रमाइलो, गोलमाल, भद्रगोल, मह सञ्चारको विभिन्न टेलिफिल्म र मेरी बास्सैलगायत थुप्रै टेलिसिरियल तथा केही चलचित्रमा अभिनय गरेका छन् । मह संचारको ‘आमा’, ‘मदनबहादुर हरिबहादुर’लगायतका टेलिसिरियलमा अभिनय गरेका थापाले राजेश हमाल, गौरी मल्ललगायतको अभिनय रहेको ‘आफ्नो बिरानो’ चलचित्र निर्माणसमेत गरेका थिए । हल्का रमाइलो’मा काम गरेपछि उनी दर्शकमाझ ‘बखते’ चरित्रले चर्चित थिए ।

थापाको श्रीमती, एक छोरी र एक छोरा छन् । उनको आजैै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर