RUMPUM
animated ellipse animated ellipse

हतियार तथा लागु औषध सहित मोरङबाट ३ जना पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२७ जेष्ठ २०७८, बिहीबार १९:३४
1.68k
Shares
विराटनगर/ अवैध रूपमा लुकाएर राखिएको पेस्तोलसहित लागूऔषध कारोवारीलाई प्रहरीले पक्राउ गरेको छ ।

इलका प्रहरी कार्यालय बेलबारीको टोलीले अवैध लागूऔषधको कारोबारीसहित तीन जनालाई आज पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मोरङ सुनवर्षी नगरपालिका – ८ का ६० वर्षीय अब्बास मियाँ, सुन्दरहरैचा नगरपालिका ९ का ३५ वर्षीय चेवन कुमार धमला र सोही स्थानका २५ वर्षीय विशाल भन्ने खेम भट्टराई प्रहरीले लागूऔषध सहित पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।

पक्राउ परेका मध्ये मियाँ लागूऔषध कारोबारी रहेको प्रहरीको प्रारम्भिक चरणको अनुसन्धानदेखि खुलेको छ ।

मियाँले अवैध रूपमा भारतदेखि लागूऔषध तस्करी गरि सुनवर्षीमा ल्याएपछि पूर्वको विभिन्न स्थानमा महंगो मूल्यमा बिक्री वितरण गर्ने गरेको खुलेको छ । प्रहरीको अनुसार मियाँले धमला र भट्टराईलाई लागूऔषध बिक्री गरेका थिए ।

धमला र भट्टराईले मियाँदेखि प्रतिबन्धित लागूऔषध खरिद गरेर ल्याएका थिए । आज साँझ ६ः१५ बजे बेलबारी नगरपालिका वडा नं.–१० भाउन्ने जंगल स्थित पूर्व पश्चिम लोक मार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गर्दा धमला र भट्टराई सवार भएको प्रदेश नं.१–०२–०४१ प ८८८७ नं. को मोटर साईकल दुर्घटनामा प¥यो ।

उनीहरुको मोटसाइकलले पैदल यात्री मोरङ बेलबारी नगरपालिका वडा ११ बस्ने १६ वर्षीय प्रितम राई, सोही ठाउँका १५ वर्षीय सन्देश दास र कानेपोखरी गाउँपालिका वडा ७ का ६५ वर्षीय दिलकुमार योगीलाई ठक्कर दिंदा ५ जना नै घाईते भए । उनीहरूलाई उपचारको लागि बेलबारीस्तिथ नोवेल सामुदायिक अस्पताल लगिएको थियो ।

घाईते मध्येका धमला र भट्टराईलाई ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले शंकास्पद देखि चेकजाँच गर्ने क्रममा लागु औषध ८९२ पिस नाईट्रोजन ट्याब्लेट र १३ः८६० ग्राम चरेश अनुसन्धानको क्रममा फेला पारेको थियो । ‘मोटसाइकल सवारको साथदेखि लागूऔषध फेला पारेपछि अनुसन्धानको क्रममा उनीहरूले ल्याउने ठाउँ खुल्यो,’ डिएसपी राईले भने, ‘ प्रतिवादीहरुले अवैध लागूऔषध सुनवर्षी मियाँबाट खरीद गरी ल्याएको खुल्यो ।

प्रहरीले उनको घरमा छापा हान्ने क्रममा कटुवा पेस्तोल र त्यसामा लाग्ने दुई थान गोली पनि बरामद भयो । त्यसको साथै मियाँको घरदेखि नाईट्रोभेट ६०० ट्याब्लेट डाईलेक्स डिसी २ बोतल र चक्कु थान–१ समेत फेला परेको छ ।’
पक्राउ परेका तीन जनलाई इप्रका बेलबारीबाट थप अनुसन्धान भइरहेको डिएसपी राईले जानकारी दिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर