RUMPUM
animated ellipse animated ellipse

मोरङ व्यापार सँघको पहलमा मीरगञ्ज पुल सञ्चालनमा आयो, भण्टावारी नाकाबाट घुमेर आउनु पर्ने झन्झटको अन्त्य

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३ फाल्गुन २०७९, बुधबार ०८:२२
126
Shares
मीरगञ्जको पुरानो पुल
विराटनगर / भारतको मीरगञ्जको परमान नदीमाथि पक्की मोटरेबल पुल बनेपछि भारतीय पक्षले एक बर्ष पछि आधिकारिक रुपमा शुक्रबार सुचना जारी गर्दै पुलबाट आवतजावत गर्न सकिने अनुमति दिएको छ ।

मोरङ ब्यापार संघको पहलमा दुवै देशका नेता तथा अधिकारीलाई पुल सञ्चालन गर्न दिइएको दवावको कारण दुई महिना अघिबाट नै पुल अनौपचारिक रुपमा सञ्चालनमा आएको थियो । यो अनुमतिले भारत लगायत तेश्रो मुलुकबाट आउने कच्चा पदार्थ लगायतको सामाग्री बोकेका मालवाहक ११६ किलोमिटर सुनसरीको भण्टावारी नाकाबाट घुमेर आउनु पर्ने झन्झटबाट मुक्त भएको छ । अब ४ किलोमिटर दुरी पार गर्नासाथ नेपालको आइसीपी आइपुग्छन् ।

भारतको पटना स्थित कष्टम विभागले सुचना जारी गरी नयाँ मीरगञ्ज पुल सञ्चालनमा आएको र त्यसबाट मालवाहक आवत जावत गर्ने अनुमति दिइएको जनाएको छ । यस अघि भारतका जोगवनी स्थित ल्याण्ड कष्टम र आइसीपी बिच समन्वय हुन नसक्दा आंशिक रुपमा मात्रै मालसामानको कार्गो आयात निर्यात भइरहेको थियो । कष्टम विभागले नै सुचना जारी गरेपछि अब तेश्रो मुलुकबाट आउने र जाने सामानका लागि भण्टावारी नाका पुग्नु नपर्नै जनाउदै आफ्ना मातहतका सबै निकायलाई बोधार्थ दिँदै सुचनालाई तत्काल कार्यान्वयन गराउन निर्देशन दिएको छ ।

सूचनासंगै विराटनगरको आइसीपीबाटै आयात र निर्यात औपचारिक सुरु भएको छ । मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालको अगुवाईमा पटक पटक नेपाल र भारतीय अधिकारीलाई पुल सञ्चालनका लागि अनुरोध गरिएपछि अनौपचारिक रुपमा दुई महिनादेखि पुल सञ्चालनमा आएको थियो । पुल सञ्चालनमा आएपनि भारत र नेपालका लागि मात्र कार्गो आउने जाने गर्दथे । तेश्रो मुलुकबाट आउने सामानको हकमा सुनसरीको भण्टावारी नाकानै प्रयोग हुँदै आएको थियो । तर अहिले भारतको कमिस्नर अफ कष्टम पटनाका अधिकारी प्रदीप कुमारले सूचना जारी गर्दै मीरगञ्ज पुल हुँदै आवत जावत खुलेको जनाएको हो ।

उनले यस अघिको २०२२ जनवरी ११ को सूचनाले जारी गरी मीरगञ्ज पुल भासिएकाले सम्पूर्ण कार्गोको आवत जावत यो नाकाबाट बन्द गरी भीमनगर नाकाबाट सुचारु गरिएको सुचना जारी गरेको थियो । अहिले उक्त सुचनाले रोकेको आवत जावतको प्रतिबन्ध फुकुवा गर्दै भीमनगर तर्फको रिरुट खारेज गरि पुल निर्माण सम्पन्न भएकाले पहिलेकै अवस्थामा जोगवनी भन्सार र आइसीपीबाट माल आवत जावतका लागि सबैलाई जानकारी दिइएको जनाएका छन् ।

एक बर्षपछि भारतको जोगवनी नाकाबाट चार किलोमिटर नजिक रहेको मीरगञ्ज पुल संचालनमा आएको छ । पुल पूर्ण रुपमा सञ्चालनमा आएपछि अहिले दैनिक दुई सयसम्म मालवाहक सवारी साधान भारतीय कष्टम हुँदै विराटनगर आइसीपीमा आइरहेको विराटनगर भन्सार कार्यालयले जनाएको छ । एउटा मालवाहक सवारी भीमनगर हुँदै ११६ किलोमिटर घुमेर आउँदा १६ हजार रुपैयाँ अतिरिक्त भाडा तिर्नु परिरहेको थियो । मीरगञ्ज पुल भासिँदा एक बर्षमा २२ अर्ब ५० करोडले विराटनगर भन्सारबाट हुने कारोबारमा गिरावट आएको थियो ।

जोगवनी नाकाबाट मालवाहक जान नसकेपछि सुनसरीको भण्टावारी नाकाबाट रिरुट भएर आउँदा एउटा कण्टेनरको १६ हजार अतिरिक्त ढुवानी भाडा व्यवसायीले बुझाउँदै आएका थिए । जसको कारण एक बर्षमा व्यवसायीहरुले ११ करोड ५२ लाखको बराबरको अतिरिक्त ढुवानी भाडा तिरेका छन् ।

मोरङ व्यापार संघमा निर्वाचित भएपछि आफूले मीरगञ्ज पुल सञ्चालन गराएर नै छाड्ने प्रतिबद्धता लिएका अध्यक्ष रिजालले आफ्नो कार्य समितिको सम्पूर्ण टिमनै पुल सञ्चालन गर्नका लागि परिचालन गरेका थिए ।

भारतीय पक्षबाट समेत आधिकारिक रुपमा पुलसंगै नाका पनि सञ्चालनमा आएको जानकारी दिएपछि हर्षित देखिएका रिजालले ‘यो सबैको अथक प्रयासको परिणाम भएको’ प्रतिक्रिया दिए । प्रदेश १ को औद्योगिक लाईफलाईनै ध्वस्त भएको बेला आफ्नो कार्यसमितिले निरन्तर रुपमा यो मुद्धालाई उठाएर समस्या समाधानका लागि पहल गरेको र पहलकै कारण एक बर्षमै पुल र नाका पूर्ण संचालनमा आएकोमा आफूले एउटा मिसन पुरा गरेकोमा गर्व लागेको रिजालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर