सकियो अपाङ्गता समावेशी रोजगार मेला

खबर पूर्वाञ्चल, १६ पुष २०७९, शनिबार २०:०२
90
Shares

विराटनगर / अपाङ्गता भएका व्यक्तिहरूको रोजगारीमा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको दुई दिने अपाङ्गता समावेशी रोजगार मेला सम्पन्न भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेशं १, राष्ट्रिय अपाङ्ग महासघं, करुणा फाउन्डेसन नेपाल, र द लेप्रोसी मिशन नेपालले संयुक्त रूपमा आयोजना गरेको उक्त रोजगार मेला शनिबार सम्पन्न भएको हो ।

मेलामा अपाङ्गता भएका ३ सय २२ जनाको सहभागि रहेको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का कार्यकारी निर्देशक श्याम भण्डारीले जानकारी दिए । मेलामा २९ वटा उद्योगको स्टल रहेको थियो ।

रोजगार मेलाको प्रदेश १ भरीका अपाङ्गता भएका व्यक्तिहरूले २९ रोजगारदाताहरूले स्थापना गरेका स्टलमा भ्रमण गरी अन्तर्वार्ता तथा परामर्श सेवामा सहभागि रहेको उनले बताए ।

नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य तथा उपाध्यक्ष राजेन्द्र राउतले महासङ्घ आबद्ध सदस्यलाई अपाङ्गता भएका व्यक्तिहरुको दक्षता र शैक्षिक योग्यताका आधारमा रोजगारी उपलब्ध गराउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५