खबर पूर्वाञ्चल
नेपाल रेडक्रस सोसाइटी मोरङका सभापति सुवोधकुमार सिंहले विराटनगर महानगरलाई पहिलो प्राथमिकतामा राखेर तयार गरिएको ‘हिट एक्सन प्लान मस्यौदा प्रतिवेदन’ विराटनगर महानगरका प्रमुख नागेश कोइरालालाई आज हस्तान्तरण गरे ।
विराटनगरमा हालैका दिनहरुमा देखिएको औसत तापक्रम विगत भन्दा बढीनै रहेको र आगामि दिनहरु अझ जटिल हुने हुँदा प्रतिवेदन कार्यान्वयन गर्नु पर्ने सहभागीहरुको सुझाव रहेको छ । तातो हावा तथा गर्मीवाट कसरी वच्न सकिन्छ भन्ने विषयमा हिट एक्सन प्लानमा अल्पकालिन, मध्यकालिन तथा दिर्घकालिन योजनाहरु समेटिएका छन ।
महानगरका प्रमुख कोइरालाले वातावरण मैत्री सडक , पुर्वाधार निमार्ण गर्दा वोट विरुवा लगाएर हरियाली वढाउन सके यसबाट वातावरणमा पर्ने नाकारात्मक असर कम गर्न सकिने बताए ।
नेपाल रेडक्रस सोसाइटी मोरङका सभापति सिंहले तातो हावा र गर्मीका कारण मानव जिवनमा गम्भिर असर पर्ने भएकाले यसको न्युनिकरण र प्रतिकार्य योजना सहित हिट एक्सन प्लान योजना कार्यान्वयनमा ल्याइएको बताए ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य विनोदकुमार वस्नेत, अन्तराष्ट्रिय रेडक्रस सोसाइटीका प्रतिनिधि माधब उप्रेती, फिनल्याण्ड रेडक्रसका नेपाल प्रमुख सुषमा श्रेष्ठ र रेडक्रस कोशीका किरण सेढाइले हिट एक्सन प्लानको कार्यान्वयनले नागरिकको सहज जीवनयापनमा सहयोग पुग्ने धारणा राखे ।