animated ellipse animated ellipse

मेरिल्याण्ड कलेजमा हाजिरी जवाफ प्रतियोगीता

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२६ माघ २०८०, शुक्रबार १९:०२
1.94k
Shares
विराटनगर / विराटनगर–७ स्थीत मेरिल्याण्ड कलेजले आज हाजीरी जवाफ प्रतियोगिताको फाइनल राउण्ड सम्पन्न गरेको छ ।

कार्यक्रमको उद्घाटन मेरिल्याण्ड कलेजका अध्यक्ष गुणराज ढुङ्गेलले पहिलो प्रश्न सोधी गरे । प्रतियोगितामा कक्षा १२ को जाई प्रथम भयो भने कक्षा १२ को सुनाखरी दोस्रो र कक्षा १२ कै सूर्यमुखी तृतिय भयो । यस अघि कक्षा ११ र १२ बाट छुट छुटै विजय टिमहरु फाइनल राउण्डको लागि छनौट गरिएका थिए ।
विजय टिमलाई फुलमालाले सम्मान गरिएको थियो । विजय टिमले फागुन महिनामा हुने कलेजको वार्षिक उत्सवमा पुरस्कार तथा प्रमाण पत्र प्राप्त गर्नेछन । कार्यक्रममा नवजीत प्रधान, दिपेस भगत, डा. पि.के. झा, भेषराज पोखरेल र डा. मनोज गुप्ता लगायतले क्वीज मास्टरको भूमिका निर्वाह गरे ।

मेरिल्याण्ड कलेजले २०८० सालको वार्षिक शैक्षिक क्यालेण्डर अनुसार नै विद्यार्थीको चौतर्फी विकासका लागि विभिन्न अतिरिक्त कृयाकलाप गराएको प्रिन्सीपल लक्ष्मण ढकाल जानकारी दिए ।

हालै राष्ट्रिय परीक्षा बोर्डद्वारा प्रकाशित २०८० सालको कक्षा – १२ को रिजल्टमा मेरिल्याण्डले ९५.३७ प्रतिशत विद्यार्थी उतिर्ण गराइ उत्कृष्ट नतिजा ल्याउन सफल भएको थियो । मेरिल्याण्ड ब्यबस्थापन शिक्षामा देशभरिमै सधै टप टेनमा पर्ने अग्रणी शैक्षिक संस्थामा पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर