AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

सुम्निमा स्कुलमा स्पोर्ट्स सप्ताह शुरू

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० पुष २०७९, बुधबार १८:२६
3
Shares
विराटनगर / विराटनगर महानगरपालिका – ११ मा रहेको सुम्निमा इङ्लिश स्कुलमा स्पोर्ट्स सप्ताह सुरू भएको छ ।

स्कुल परिसरमा एक कार्यक्रम आयोजना गरी आजदेखि स्पोर्ट्स सप्ताह सुरू भएको हो ।
एक हप्तासम्म सुरू हुने सप्ताहमा विभिन्न एक दर्जन खेलहरू समावेश गरिएको छ । विद्यार्थीहरूमा भएको प्रतिभा प्रस्फुट गर्ने उद्देश्यले सुरू गरिएको सप्ताहमा स्पुन एण्ड मार्वल, निडल एण्ड थ्रेड, हट पोटाटो, म्युजिकल चेयर, डोरी तान, कबडी लगायतका विभिन्न खेलहरू समावेश भएको खेलकुद संयोजक अनुसा राउतले जानकारी दिइन् ।

स्कुलमा अध्ययरत विद्यार्थीहरूको मानसिक र शारिरीक विकासको लागि खेलकुदले महत्वपूर्ण भूमिका खेल्ने भएकोले प्रत्येक वर्ष सुम्निमा स्कुलले खेलकुद सप्ताह आयोजना गर्ने गरेको स्कुलकी निर्देशक जयन्ती प्रधानले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर