AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

नगरिकता विधेयकको विरोधमा विराटनगरमा जनता समाजवादीको प्रदर्शन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ असार २०७७, मंगलवार २१:१६
3
Shares
विराटनगर / राज्य व्यवस्था तथा सुशासन समितिले संसदमा पेश गरेको नागरिकता ऐन संशोधन प्रस्ताव भेदभाव उन्मुलन सम्बन्धी अन्तराष्ट्रिय महासन्धी विरोधी भएको भन्दै जनता समाजवादी पार्टी नागरिकता संशोधन विधेयक तत्काल खारेजको माग राख्दै विराटनगरमा विरोध प्रदर्शन गरिएको छ ।

नागरिक विधेयक विरुद्ध जनता समाजवादी पार्टी मोरङले सरकारले ल््याएको नागरिकता विधेयक राष्ट्रियघाती भएको भन्दै तत्काल खारेज गर्न सरकारसँग माग राख्दै आज विराटनगरमा विरोध प्रदर्शन गरिएको हो ।

विराटनगरस्थित संसारीमाई स्थानबाट सुरु भएको उक्त विरोध ¥यालि विराटनगर बजार परिक्रामा गरी ट्राफिक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै समाजवादी पार्टीका तत्कालीन प्रदेश सभा सदस्य केदार धिमाले

विगतदेखि नै आदिवासी जनजाति, महिला, दलित सम्पूर्ण समुदायलाई कानुन बनाएर राज्यले विवेद गरिरहेको बताए । उनले विवेदत कानुनको विरोध गरेनौ भने भने यो देशका शासकहरुले विवेदपूर्ण कानुन बनाएर आफ्नै शासन गर्नका लागि मात्रै योग्य शासनहरु ल्याने प्रयत्न गर्ने छन् ।

त्यस्तै कोणसभामा बोल्दै पार्टीका केन्द्रीय सदस्य रन्जु बर्माले जनताको विरुद्ध कुनै विधेयक पास भए आगो लगाईदिने चेतावनी दिएकी छिन् ।

उक्त विरोध प्रदर्शनमा विभेद उन्मुलन सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि लागू गर, राष्ट्रिय सार्वभौमसत्ता, स्वाधिनता र स्वाभिमानको रक्षा गर, लैङ्गिक विभेद र असमानता अन्त्य गर जस्ता नारासहितका प्लेकार्ड बोकेर चर्को नाराबाजी गरेका थिए ।

संसदको राज्य व्यवस्था समितिले नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलालाई तत्काल स्थायी आबासीय अनुमति पत्र दिने र सात वर्ष नेपालमा बसोबास गरेपछि मात्र अंगीकृत नागरिकता दिने व्यवस्थासहित नागरिकता विधेयक संसदमा पठाएको छ । यो व्यवस्था विभेदकारी भएको भन्दै जसपाले विरोध गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर