RUMPUM
animated ellipse animated ellipse

विराटनगरको निहारिका कलेजका १५० विद्यार्थी दीक्षित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ आश्विन २०८३, आईतवार १८:०९
9
Shares
विराटनगर / विराटनगरको बरगाछीस्थित निहारिका कलेजबाट स्नातक तह उत्तीर्ण १५० जना विद्यार्थी दीक्षित भएका छन् ।

कलेज परिसरमा आज आयोजित दीक्षान्त समारोहमा विभिन्न संकायका विद्यार्थीलाई दीक्षित गरिएको हो । कलेजका अनुसार बिएससी सीएसआईटी, बीएचएम, बिएसआईटी, बीसीए, बीबीएस र बीआईएमका १० औं ब्याचका विद्यार्थीहरू दीक्षित भएका हुन् ।

दीक्षान्त समारोहमा कलेज प्रमुख अतिम ढकालले विद्यार्थीहरूलाई आगामी शैक्षिक तथा व्यावसायिक यात्राको शुभकामना दिँदै स्वरोजगार बन्न प्रेरित गरे । ‘हामीले गुणस्तरीय शिक्षा प्रदान गरेर बजार सुहाउँदो योग्य जनशक्ति उत्पादन गरेका छौं,’ उनले भने, ‘भोलिका दिनमा हाम्रा विद्यार्थीहरू हस्पिटालिटी, बैंकिङ तथा सूचना प्रविधिका विभिन्न क्षेत्रमा अब्बल ठहरिने विश्वास लिएका छौं ।’

कार्यक्रममा कलेजका अध्यक्ष रुपेश खतिवडा र उपाध्यक्ष दिपेश बास्तोलाले पनि दीक्षित विद्यार्थीहरूलाई बधाई तथा उज्ज्वल भविष्यको शुभकामना दिएका थिए । सो अवसरमा विभिन्न संकायमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो । समारोहमा कलेजका अन्य विद्यार्थीहरूले सांस्कृतिक नृत्य तथा गायन प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर