AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

एस्पायर कलेजको अभिमुखीकरण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ पुष २०८२, बिहीबार १८:२९
180
Shares
विराटनगर/विराटनगर–१४ मा अवस्थित काठमाण्डौ विश्वविद्यालयको साझेदारी कार्यक्रमका रुपमा सञ्चालित एस्पायर कलेजमा शैक्षिक सत्र २०२५ मा भर्ना भएका नव आगन्तुक विद्यार्थीहरूको अभिमुखीकरण कार्यक्रम भएको छ ।

कार्यक्रम कलेजका अध्यक्ष बिकाश अधिकारीको अध्यक्षतामा भएको थियो । स्नातकतहका बि.पि.एच, बि.टेक.एड.आईटी र बि.आइ.टीमा भर्ना भएका जम्मा ८१ जना विद्यार्थीलाई काठमाडौँ विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङका डिन प्रा.डा. मनिष पोख्रेल, स्कुल अफ म्यानेजमेन्टका सहायक डिन प्रा.डा खगेन्द्र आचार्य, स्टिम एजुकेसनका डिपार्टमेन्ट हेड स.प्राडा. बिनोदप्रसाद पन्त, इन्जिनियरिङ कार्यक्रमका हेड अफदि डिपार्टमेन्ट स.प्रा.डा पंकज राज दवाडी, र स. प्रा. बज्रेश मिश्र र हस्पिटालिटी कार्यक्रमकी संयोजक आशा थापा मगरले विद्यार्थीको पदस्थापना गराए ।

कार्यक्रममा नेपाल सरकार स्वास्थ्य तथा खेलकुद मन्त्रालयका पूर्व सचिव डा.रोशन पोखरेलको प्रमुख अतिथ्यमा भएको कार्यक्रममा कलेजका अध्यक्ष अधिकारीले एस्पायर कलेज विद्यार्थीहरुको रोजाईको नमुना कलेज बन्दै गरेको र प्रभावकारी सिकाईका लागि सदैव तत्पर रहेको बताए ।

कार्यक्रममा बोल्दै प्रा.डा मनिष पोखरेलले एस्पायर कलेजलाई विश्व विद्यालयको ढाँचामा अगाडि बढाउने बताए । देशमा शैक्षिक रूपान्तरण गराउने हेतु एस्पायर कलेजलाई मेरुदण्डका रूपमा स्थापितगर्ने र यसकालागि काठमाण्डौ विश्वविद्यालयतत्पर रहेको डा.विनोदप्रसाद पन्तले बताए ।

क्याम्पस प्रमुख सि.एम बस्नेतले एस्पायर कलेजले विद्यार्थीको सार्वङ्गीण विकासकालागि सीप, संस्कार र प्रविधि मात्र नभएर ज्ञान, सिल र एकता समेतको कुरालाई जोडेर पढाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर