AArya
RUMPUM
animated ellipse animated ellipse

मेरिल्याण्ड कलेजमा वकतृत्वकला

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२५ मंसिर २०७८, शनिबार १९:२७
576
Shares
विराटनगर । विराटनगर – ७ स्थित मेरिल्याण्ड कलेजमा वकतृत्वकला प्रतियोगिता आयोजना गरिएको छ ।

कलेज परिसरमा आज वकतृत्वकला प्रतियोगिता आयोजना गरेको हो । वकतृत्वकला प्रतियोगिता अंग्रेजी र नेपाली गरि दुवै विधामा भएको थियो । अंग्रेजीतर्फको प्रथम स्नेतहा ढकाल, द्धितीय कौशल साह, तृतीय क्रिस्टीना शर्मा र सान्तवना रोहितकुमार सिंह भएका छन् भने नेपाली विधातर्फको प्रथम लक्षीता नहाटा, द्धितीय सरु पराजुली, तृतीय कृष्टा पोखरेल र सान्तवना वेदान्ती सापकोटा घोषित भएकी छिन् ।

‘विश्वव्यापी तापमानको प्रभाव र यसलाई कम गर्न युवाहरुको भूमिका’ शिर्षकमा वकतृत्वकला प्रतियोगिता भएको थियो । प्रतियोगिताको निर्णायकहरुमा कवि तथा साहित्यकार विवश पोखरेल, आलमगीर रैन रहेका थिए । प्रथम, द्धितीय र तितृय हुने विद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र कलेजका प्रिन्सिपल लक्ष्मण ढकाल, उपाध्यक्ष डा. पिके झा, निर्देशक डा. मनोज गुप्ता, प्रदिप भगत, नन्द किशोर अग्रवाल, हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, प्रध्यापक बद्री पौडेलले वितरण गरेका थिए ।

कार्यक्रमको सभापति कलेजका अध्यक्ष गुणराज ढुंगेलले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर