अन्तर विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिताको प्रथम निरौला

खबर पूर्वाञ्चल, २९ चैत्र २०७७, आईतवार १७:४१

विराटनगर/ ‘भ्रष्टचार न्यूनीकरणमा नागरीक समाजको भूमिका’ विषयक अन्तर विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिताको प्रथम विराटनगरस्थित बिकेभि स्कूलकी छात्रा सुमिका निरौला भएकी छिन् ।

भ्रष्टचार विरुद्धको नागरिक निगरानी संस्था मोरङको आयोजना र विष्णुमाया पुस्ताकलय पोखरीयाको सहकार्यमा विराटनगरमा आज आयोजना गरिएको प्रतियोगिताको द्धितीय राधा कृष्ण माध्यमकि विद्यालयका मुनिका दियाली भइन् । यस्तै सो प्रतियोगिताको तृतीय अरनीको स्कूलका कृतिका यादव र सान्तवना पुरस्कार सगरमाथा स्कूलका अतमेश पोखरेल भए । प्रथम, द्धितीय, तृतीय र सान्तवना हुनेले क्रमश : ९ हजार, ६, ३ र १ हजार ५ सय रुपैयाँ प्राप्त गरेका गरेका छन् ।

पुरस्कृत हुने विद्यार्थीहरूलाई अख्यितार दुरुपयोग अनुसन्धान आयोग इटहरीका प्रमुख बावुराम खतिवडा र मोरङका साहयक प्रमुख जिल्ला अधिकारी सरदकुमार पोखरेलले पुरस्कार वितरण गरेका छन् ।

वक्तृत्वकलाको निर्णायकहरुमा डा. चन्द्र उपाध्यय, मिना जोशी र सीता शर्मा रहेकी थिइन् । भष्टचार विरुद्ध नागरिक निगरानी संस्थाका कार्यभाव अध्यक्ष तथा वरिष्ठ पत्रकार माहन भण्डारीको अध्यक्षमा उक्त कार्यक्रम भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५