animated ellipse animated ellipse

विराटनगरमा आठ महिने बच्चासहित २ जनामा कोरोना संक्रमण पुष्टि

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

४ असार २०७७, बिहीबार १९:१५
3
Shares
विराटनगर / विराटनगरमा आज ८ महिनाको बच्चासहित दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

विराटनगर १३ की संक्रमित महिलाको ८ महिने छोरामा कोरोना पोजेटिभ देखिएको हो । केही दिन अघि भारतबाट आएर होम क्वारेन्टाइनमा बसेकी ३६ वर्षीय महिलामा आजै कोरोना संक्रमण पुष्टि भएको थियो । आमामा कोरोना संक्रमण देखिएपछि बच्चाको प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा परीक्षणमा आकस्मिक पिसिआर परिक्षण गरेर जाँच गर्दा पोजेटिभ आएको विराटनगर महानगरपालिकाका स्वस्थ्य महाशाखा प्रमुख रमेश क्षेत्रीले आवर विराटनगरलाई जानकारी दिए ।
आमा–बच्चाको रिपोर्ट पोजेटिभ आएपछि दुई जनालाई कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा लगिएको कार्कीले बताए ।

भारतको शिलगुढीबाट आएकी महिला होम क्वारेन्टाइनमा थिइन । वडा कार्यालयको सिफारिसमा महानगरपालिकाले उनलाई होम क्वारेन्टाइनमा बस्ने सुविधा दिएको थियो ।

होम क्वारेन्टाइनमा बसेकी महिला र शिशुमा कोरोना देखिएपछि शुक्रबारबाट कन्ट्रयाक ट्रेसिङ गरिने कार्कीले बताए ।

यो सँगै विराटनगरमा कोरोना संक्रमितको संख्या ६ पुगेको छ । मोरङमा कोरोना संक्रमितको संख्या १०४ र प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४२० पुगेको छ ।

ती मध्ये २२४ जना कोरोना जितेर घर फर्किएका छन् । आज मात्रै मोरङको गोठगाउँबाट ४० जना कोरोना जितेर घर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर