animated ellipse animated ellipse

चुनौतीका चाङमाथि सफलताको यात्रा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२ जेष्ठ २०७९, सोमबार ०४:५४
909
Shares
हिजो अस्ती जस्तो लाग्छ, पत्रकारीताको क्षेत्रमा अनलाईन मार्फत केही काम गरौं भनेर शुरु गरेको । तर आज पाँचौं बर्ष पुरा गरेर छैठौं बर्षमा प्रवेश गरेका छौं भन्न पाउँदा हामीलाई गर्व लागेको छ । यस अवधिमा हामीले निरन्तर रुपमा हाम्रो यात्रालाई अगाडि बढायौं । यो यात्रा बढाउने क्रममा धेरै हन्डर र ठक्करहरु खानु पर्यो ।हामीले पत्रकारीताको धर्म र हाम्रो इमान्दारीतालाई अर्थसँग कहिल्यै दाँजेनौं ।

नेपाली पत्रकारिताको अवस्था पहिले भन्दा धेरै माथि उठेको छ । मिसन पत्रकारिताको एउटा काल खण्ड पुरा गरेर अब व्यवसायिक पत्रकारिता तर्फ लाग्नु पर्ने हामी सबैको आवाज हो तर तदनुरुपको वातावरण अनि अनुकुलता नेपाली पत्रकारिताको क्षेत्रले पाउन सकेको छैन । प्रविधीको बिकास र प्रयोग संगै छापा पत्रकारिताको आकर्षण क्रमशः घटदै गएको छ । अनलाइन पत्रकारिता तर्फ नेपाली समाज क्रमशः रुपान्तरित हुदैछ । जसले हामीलाई अवसर प्रदान गरिरहेको छ । एकातिर अवसर र संभावना बढेको देखिन्छ भने अर्कोतिर समस्या र चुनौतीको चाङ पनि त्यतिकै थपिएको छ ।

ठुलो संख्यामा जन्मिएका अनलाइन माध्यमको विश्वसनियता माथि आम पाठकले प्रश्न उठाउन थालेका छन् । रातारात हिरो पल्टने सोचका कारण कतिपय अनलाइनहरु बदनाम भइरहेका छन् भने कतिपय बिभिन्न पक्षबाट प्रभावित भएर अझ कतिपयत गलत नियतकै लागि जन्मिएर अनलाइन माध्यमलाई बिकृत बनाइरहेका छन् । यस्ता संचार माध्यमलाई दण्डीत गर्ने निकायको सक्रियता नितान्त जरुरी देखिएको छ ।

पत्रकारिता पेशालाई मर्यादित बनाउने मुख्य जिम्मेवारी संचारकर्मी र यस संग सम्वन्धित निकायहरुको हो । हामीले हाम्रो जिम्मेवारीलाई इमान्दारीता पूर्वक निर्वाह गरेनौं भने नेपाली पत्रकारीता प्रति आमजनमानसको विश्वास हराउदै जान्छ । जसको प्रत्यक्ष हानी यससंग सम्बन्धित पक्षलाई त स्वभाविक रुपमा हुन्छ नै तर यसले नेपालको प्रजातान्त्रीक ब्यवस्था माथि नै खतरा उत्पन्न गराउछ । लामो समयको लडाईबाट प्राप्त उपलब्धी त्यसै हराएर जाने खतरा बढ्दछ ।

पछिल्लो समय राजनीतिक दल र तिनका नेतृत्व प्रति ब्यापक टिका टिप्पणी हुने गरेको छ । पुराना पूस्तामा राजनीति प्रति वितृष्णा पैदा हुदै गएको छ भने नयाँ पूस्ता राजनीति प्रति बिल्कुलै आकर्षित छैन । जुन कुरा मुलुकका लागि शुभ होइन । भ्रष्टचारले मुलुक आक्रान्त छ, ब्यविचार बढदो छ, दण्डहिनताको अवस्था छ, अराजक्ता बढदो छ । महंगीले आकाश छुएको छ, घरमै सिंहदरवार भने पनि जनताले त्यसको अनुभुति गरेका छैनन । समग्रमा राजनैतिक नेतृत्व प्रति मानिसहरुको विश्वास र भरोषा टुटेको छ ।

मुलुकको यस्तो अवस्थाले गर्दा नेपाली पत्रकारितामा जिम्मेवारी थप बढेको छ । हामीले यो पाँच बर्षमा यिनै कुराहरुको खवरदारि गर्यौं । राजनीतिक नेतृत्वले गरेका गल्ती माथि औंला उठायौं, अराजक्ता प्रति चोटिला प्रहार गर्यौं । समाजलाई सुसंस्कृत बनाउने तर्फ सकेसम्मको प्रयत्न गर्यौं ।आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक, खेलकुदलगायतका सबै क्षेत्रमा हाम्रो खवरदारी निरन्तर रह्यो । पत्रकारितालाई भजाई खाने हतियारका रुपमा हामी कहिल्यै प्रयोग भएनौं । यो पाँच बर्षमा हामी माथि कसैले प्रश्न उठाउँन सकेन ।

हामी यसमा गौरवान्वीत छौं,हामीले यसैलाई हाम्रो उपलब्धि र सफलता ठानेका छौं । यसका निमित्त हामीलाई तपाई हज्जारौं पाठकहरुको निरन्तर सहयोग रह्यो । बिभिन्न लेख रचना उपलब्ध गराएर धेरै लेखकहरुले हामीलाई गुनलगाउनु भएको छ । बिज्ञापन उपलब्ध गराएर बिज्ञापनदाताहरुले ठुलो सहयोग पुर्याउनु भएको छ । हामीले प्रकाशित गरेका लेख, रचना र समचारमा प्रतिकृया दिनु हुने सबै महानुभावहरु प्रति हामी कृतज्ञ छौं । जस जसले जुन जुन क्षेत्रवाट जे जसरी सहयोग पुर्याउनु भयो हामी सबैप्रति आभारि छौं ।

पत्रकारिताको मूल मर्म र धर्मलाई सधै आत्मासाथ गर्दै अगाडी बढीरहेका छौं र बढीरहने छौं भन्ने कुरा आज यस अवसरमा पनि हामी प्रण गर्दछौं ।

     डिल्ली पोखरेल (सम्पादक)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर