खबर पूर्वाञ्चल
जिल्लामा रहेका १७ पालिका मध्ये नेकपा एमालेले बहुमत पालिकाका प्रमुख र उप–प्रमुखमा आङ्खनो उम्मेदवारहरुलाई विजय बनाउन सफल भएको छ । एमाले एक्लैले ७ नगरपालिका र २ वटा गाउँ पालिकामा प्रमुख पदमा विजय प्राप्त गरेको छ । यसरी विजय प्राप्त गरेका नगरपालिकाहरुमा उर्लाबारी, पथरी शनिश्चरे, बेलबारी, रंगेली, लेटाङ, सुनबर्षी र सुन्दर हरैचा रहेका छन् । त्यसैगरी कानेपोखरी र केरावारी गाउँपालिकाका अध्यक्षमा पनि एमालेका उम्मेदवारहरु विजय भएका छन् ।
उप–प्रमुखमा भने एमालेले झन्डै दुईतिहाई पालिका हत्याएको छ । उसले विराटनगर महानगर पालिकासहित १२ वटा पालिकामा उप–प्रमुख जितेको छ । बेलबारी नगरपालिका बाहेक सबै ७ वटा नगर पालिकाका उप–प्रमुख एमालेले जितेको छ भने कटहरी, कानेपोखरी, केरावारी र ग्रामथान गरी ४ वटा गाउँ पालिकाको उप–प्रमुख एमालेले हात पारेको छ ।
मोरङमा नेपाली कांग्रेस दोश्रो ठूलो राजनीतिक दलको रुपमा रहेको छ । उसले ८ वटा पालिकाको प्रमुखमा विजय प्राप्त गरेको छ । कांग्रेसले कटहरी, ग्रामथान, जहदा, धनपालथान, बुढीगंगा र मिक्लाजुङ गाउँ पालिकाको प्रमुखमा बिजय प्राप्त गरेको छ भने रतुवामाई नगर पालिका र विराटनगर महानगर पालिकाको प्रमुख कांग्रेसले जितेको छ । त्यसैगरी कांग्रेसले उप–प्रमुखमा ४ वटा पालिकामा बिजय प्राप्त गरेको छ । नेकपा माओवादी केन्द्रले १ पालिकामा उप–प्रमुख जितेको छ । नेकपा समाजवादी लगायत अन्य कुनै पनि राजनीतिक दलले मोरङको प्रमुख र उप–प्रमुखमा बिजय प्राप्त गर्न सकेनन् ।
जिल्लामा निर्वाचित हुने ८ सय २९ जनप्रतिनिधिहरु मध्ये नेकपा एमाले एक्लैले ५३ प्रतिशतमा बिजय प्राप्त गरेको छ । कांग्रेसले ३८ प्रतिशतमा विजय प्राप्त गरेको छ भने नेकपा माओवादी केन्द्रले ४ प्रतिशत पनि पु¥याउन सकेको छैन । एमालेले ७८ वडा अध्यक्ष, ८७ महिला सदस्य, ८७ दलित महिला सदस्य र १६६ खुला सदस्यमा बिजय प्राप्त गरेको छ । जसमा सबैभन्दा बढी रंगेली नगर पालिकामा सफलता प्राप्त गरेको देखिन्छ । ४७ जना जना प्रतिनिधि निर्वाचित हुनु पर्नेमा एमालेका ४६ जना उम्मेदवारहरु रंगेलीमा बिजयी भएका छन् ।
नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी नेपालले समान ३० स्थानमा आङ्खनो उम्मेदवारलाई बिजयी गराएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले १ स्थान र अन्य स्वतन्त्र उम्मेदवार ९ स्थानमा बिजयी भएका छन् । मोरङमा नेकपा एकिकृत समाजवादीले कुनै पनि स्थानमा जित हासिल गर्न सकेको छैन ।
तपाईको प्रतिक्रिया